नाउपाका जिल्ला अध्यक्षसहित ठूलो संख्यामा कांग्रेसमा प्रवेश, महामन्त्री थापाद्वारा स्वागत

नेपालगञ्ज । नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार नेपालगञ्जमा नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर–२ को क्षेत्रीय सम्मेलनमा नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष थारुसहितका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेसका महामन्त्री गगन थापाले उनीहरूलाई पार्टी प्रवेश गराएका छन् ।

नागरिक उन्मुक्ति पार्टीको गतिविधि र नेतृत्वको गलत कार्यले गर्दा आफूहरूले पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको जनाएका छन् ।

Published : Tuesday, 2025 June 3, 3:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया