पूर्वराजा ज्ञानेन्द्रले देश नै छोडेर भाग्नुपर्थ्याे, हामीले सदाशयता देखायौं : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह यो देशमा बस्न पाउनु नै उनीप्रति राजनीतिक दलहरूले देखाएको सदाशयता हो भनेर बुझ्नुपर्ने बताएका छन् ।
सोमबार बुढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सभापति देउवाले विगतमा राजतन्त्रले जनतालाई दिएको दुःखका बारेमा जनतालाई पुनःस्मरण गराउनुपर्ने बेला भएको बताए । उनले अगाडि भने, ‘दोस्रो जनआन्दोलन केही दिनमात्रै निरन्तर चलेको भए पूर्वराजा ज्ञानेन्द्र देश नै छोडेर भाग्नुपथ्र्यो । हामीले सदाशयता देखायौं ।’
‘अहिले फेरि ज्ञानेन्द्र नारायणहिटीमा पस्न खोज्दैछन् । त्यो कुनै हालतमा सम्भव छैन,’ देउवाले भने, ‘संविधानले पनि चिन्दैन । फेरि लोभ गर्न थाले भने राम्रो हुँदैन ।’
सभापति देउवाले राजावादीलाई शान्तिपूर्ण प्रदर्शनको अधिकार रहेको बताए । उनले संविधान र व्यवस्था मास्ने कुरा उचित नभएको बताएको एक नेताले उल्लेख गरेका छन् ।
विगतमा संवैधानिक राजा मान्दा पटकपटक धोका पाएको भन्दै सभापति देउवाले कांग्रेसले अब कुनै पनि प्रकारको राजसंस्थाको पक्षमा नउभिने बताएका छन् ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सोमबारको बैठकले गणतन्त्रको पक्षमा काठमाडौंमा आमसभा गर्ने निर्णय पनि गरेको बताए । उनले भने, ‘संविधानको पक्षमा सभा गर्ने भन्ने प्रस्ताव अधिकांश पदाधिकारीले लगेकाले बैठक गर्ने कुरा भने भएको छ । मिति भने तोकिएको छैन ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया