पूर्वराजा ज्ञानेन्द्रले देश नै छोडेर भाग्नुपर्थ्याे, हामीले सदाशयता देखायौं : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह यो देशमा बस्न पाउनु नै उनीप्रति राजनीतिक दलहरूले देखाएको सदाशयता हो भनेर बुझ्नुपर्ने बताएका छन् ।
सोमबार बुढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सभापति देउवाले विगतमा राजतन्त्रले जनतालाई दिएको दुःखका बारेमा जनतालाई पुनःस्मरण गराउनुपर्ने बेला भएको बताए । उनले अगाडि भने, ‘दोस्रो जनआन्दोलन केही दिनमात्रै निरन्तर चलेको भए पूर्वराजा ज्ञानेन्द्र देश नै छोडेर भाग्नुपथ्र्यो । हामीले सदाशयता देखायौं ।’
‘अहिले फेरि ज्ञानेन्द्र नारायणहिटीमा पस्न खोज्दैछन् । त्यो कुनै हालतमा सम्भव छैन,’ देउवाले भने, ‘संविधानले पनि चिन्दैन । फेरि लोभ गर्न थाले भने राम्रो हुँदैन ।’
सभापति देउवाले राजावादीलाई शान्तिपूर्ण प्रदर्शनको अधिकार रहेको बताए । उनले संविधान र व्यवस्था मास्ने कुरा उचित नभएको बताएको एक नेताले उल्लेख गरेका छन् ।
विगतमा संवैधानिक राजा मान्दा पटकपटक धोका पाएको भन्दै सभापति देउवाले कांग्रेसले अब कुनै पनि प्रकारको राजसंस्थाको पक्षमा नउभिने बताएका छन् ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सोमबारको बैठकले गणतन्त्रको पक्षमा काठमाडौंमा आमसभा गर्ने निर्णय पनि गरेको बताए । उनले भने, ‘संविधानको पक्षमा सभा गर्ने भन्ने प्रस्ताव अधिकांश पदाधिकारीले लगेकाले बैठक गर्ने कुरा भने भएको छ । मिति भने तोकिएको छैन ।’
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया