परराष्ट्रमन्त्री डा.राणा धनगढीमा अवतरण, प्रदेश सरकारको कार्यक्रममा सहभागी हुने

धनगढी । परराष्ट्रमन्त्री डा.आरजु राणा सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको पूर्वतयारी बैठकलाई सम्बोधन गर्न धनगढी आएकी छिन् ।
मंगलबार बिहान डा.राणा धनगढी अवतरण गरेकी हुन् । डा.राणालाई धनगढी विमानस्थलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् ।
मंगलबार र बुधबार दुई दिनसम्म पूर्वतयारी बैठक चल्नेछ । परराष्ट्रमन्त्री डा.राणाले बैठकलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।
सुदूरपश्चिम प्रदेश सरकारले पहिलो पटक आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनमार्फत प्रदेशको प्राकृतिक स्रोत, सांस्कृतिक विविधता, भौगोलिक विशेषता र आर्थिक सम्भावनालाई उजागर गर्दै दीगो विकास र समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।
सुदूरपश्चिमको सशक्तीकरण लगानी, नवप्रवर्तन र उन्नति भन्ने मूल नारासहित सम्मेलन असोज १ र २ गते धनगढीमा आयोजना हुनेछ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया