नेपाल–भारत सेनालाई झण्डा हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल–भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहण–२०२५ को झण्डा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली सेना र भारतीय सेनाको सहभागितामा सञ्चालन भएको नेपाल–भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहण–२०२५ को सोमबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच झण्डा हस्तान्तरण सम्पन्न भएको हो ।
आरोहण दलका टिम लिडरहरूबाट रक्षामन्त्री मानवीर राई र बलाधिकृत रथी निर्मल थापा समक्ष आरोहणको झन्डा हस्तान्तरण गरिएको थियो ।
रक्षामन्त्री राईले आरोहण दलका सदस्यहरूलाई बधाई ज्ञापन गरेका छन् । युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको थियो ।
कार्यक्रममा भारतीय सेनाका प्रतिनिधिमण्डलका प्रमुख लेफ्टिनेन्ट जर्नेल अजय राम देवले समेत आरोहण दललाई बधाई दिए ।
नेपाली सेनाका १० र भारतीय सेनाका ५ गरी जम्मा १५ जना सहभागी संयुक्त कञ्चनजङ्घा हिमाल आरोहण टोलीले २०८२ ज्येष्ठ ०५ र ०६ गते कञ्चनजङ्घा हिमालको सफलतापूर्वक आरोहण गरेको थियो।
अभियानको २०८१ चैत्र २१ गते मित्रराष्ट्र भारतको नयाँ दिल्लीमा भारतीय रक्षामन्त्रीको उपस्थितीमा झण्डा हस्तान्तण सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपालका लागि भारतीय महामहिम राजदूत, बलाध्यक्ष, रथीवृन्द, नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, संयुक्त कञ्चनजङ्घा हिमाल आरोहणका सदस्यहरू, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालका प्रतिनिधिहरू, अधिकृत तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया