प्रधानमन्त्री ओली, सभापति देउवा र माओवादी अध्यक्ष दाहालबीच वार्ता, नेताहरू लचक

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्ने वातावरण बनाउन नेकपा (माओवादी केन्द्र)सँग आग्रह गरेका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रधानमन्त्री ओलीसहित प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री ओलीले संसदको बैठक सञ्चालन गर्न सहयोग गरिदिन माओवादीसँग आग्रह गरेका हुन् ।
बैठकमा संसदको अबरोध खोल्ने विषयमा माओवादी नरम भएको नेताहरूले बताएका छन् । संसद खोल्ने विषयमा माओवादीले मंगलबार बिहान आन्तरिक परामर्श गर्नेछ ।
माओवादी प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री ओलीले संसदको गतिरोध अन्त्यका लागि आग्रह गरेको बताए ।
पाण्डेले भने, ‘असत्तापक्षका तर्फबाट सदन खोल्नुपर्छ भन्ने आयो, प्रधानमन्त्रीले पनि यो विषय राख्नुभयो । गृहमन्त्रीलगायतले पनि राजिनामा होइन, संसद् खोलेर अघि बढनुपर्छ भन्ने कुरा राख्नुभयो ।’
माओवादीका प्रमुख सचेतक पाण्डेले भने, ‘हामीले सुशासनको विषय महत्वपूर्ण हो भनेका छौँ । अरु नयाँ कुरा केही भएन, दलबीच छलफल गर्दै जाऔं भन्ने भएको छ ।’
प्रमुख सचेतक पाण्डेले आफूहरूले राख्दै आएको विषयवस्तु यथावत नै रहेको बताए । उनले भिजिट भिसाका विषयमा उठेको प्रश्नलाई छानबिन र अनुसन्धान गर्न गृहमन्त्रीले सहयोग गर्नुपर्ने मत राखेको बताए ।
बैठकमा प्रधानमन्त्री ओलीका साथै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, गृहमन्त्री रमेश लेखक, माओवादीका हितराज पाण्डे लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया