भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई दोषी करार गरेका छैनौं : माओवादी नेता पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई आफूहरूले दोषी करार नगरेको बताएका छन् ।
सोमबार सिंहदरबारमा माओवादीको संसदीय दलको बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै पुनले गृहमन्त्री लेखकलाई अहिले नै दोषी करार नगरेको बताए । उनले पहिलेको तथ्य ल्याएर अहिले गृहमन्त्रीलाई बचाउन नहुने बताएका छन् ।
उनले भने, ‘भोलि हामी पुनः एकपटक बस्छौँ । अन्य विपक्षी दलहरूको पनि कुरा सुन्छौँ, गृहमन्त्री को तानिन्छ ? गृहसचिव या डिजीहरू या कार्यालय प्रमुख को तानिन्छ ? अनुसन्धानपछि तानिन्छ, जो तोनिए पनि तानिन्छ नि ! तर, फेरि हिजो को थियो ? अस्ति को थियो ? भन्दै त्यस्ता विषयलाई विषयान्तर गर्न मिल्दैन ।’
‘यो त आजको विषय हो नि त ! आजको तथ्य के स्थापित छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा अनियमितता भएको छ,’ उनले भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा प्रकरणमा सेटिङ भएर सर्वसाधारण ठगिएको उनले बताए । साथै पहिलेको तथ्यलाई ल्याएर अहिले गृहमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने समेत उनले बताए । अहिले गृहमन्त्री लेखकमाथि प्रश्न उठेकाले राजीनामा दिएर मार्गप्रशस्त गरी अनुसन्धानमा सघाउनुपर्ने पुनले बताएका छन् ।
‘त्यहाँ सेटिङमा काम भएको छ । भिजिट भिसा प्रकरणमा हजारौँ मान्छे सेटिङमा पुर्याइएको छ, जो सेटिङमा पर्दैन त्यसलाई चाँही फिर्ता गरिएको छ, दुःख दिइएको छभन्ने तथ्य आम रुपमा स्थापित भएको छ,’ उनले भने ।
‘यो कुराको छानबिन हुनुपर्दछ । छानबिन हुनुपर्छ भन्नुको मतलब गृहमन्त्री दोषी कसैले भनेको छैन,’ माओवादी नेता पुनले भने, ‘छानबिन अगाडि उहाँले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ भन्ने माग हाम्रो दलको हो, प्रतिपक्षको हो ।’
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया