संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्ने कुरा अनुचित : कांग्रेस प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्नु अनुचित भएको बताएका छन् ।
सोमबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि पत्रकारसँग कुरा गर्दै डा.महतले संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्न खोजिएको बताए । उनले सम्बन्धित पक्षले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताएका छन् ।
प्रवक्ता डा.महतले मुलुकको संविधान कसैले उपहार नदिएको र यो नेपाली जनताले निर्माण गरेको बताएका छन् ।
उनले भने, ‘हामीले संविधान संशोधनका विषयहरू अगाडि बढाउनुपर्छ भनेर सरकारले भनेको हो । संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्ने कुरा अनुचित हो । सम्बन्धित पक्षले यसमा गम्भीरताका साथ लिनुपर्छ भन्ने हाम्रो ठहर छ ।’
उनले जनताका प्रतिनिधिहरूले निर्माण गरेको संविधानको रक्षा गर्नु आफूहरूको जिम्मेवारी रहेको बताए । प्रवक्ता डा.महतले अनुभवका आधारमा संविधानमा भएका त्रुटिहरूलाई सुधार गर्नुपर्ने बताएका छन् ।
डा.महतले भने, ‘यो संविधान कसैले दिएको संविधान होइन, नेपाली जनताले आफैंले दिएको निर्माण गरेको संविधान हो । आफ्ना प्रतिनिधिहरूको माध्यमबाट निर्माण गरेको संविधान भएको हुनाले यो संविधानको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो हुन्छ ।’
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया