रास्वपाले भिजिट भिसामा ठगिएको प्रमाण माग्दा मागियो सहकारीमा ठगिएको रकम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदले भिजिट भिसामा विदेश गएकाहरूलाई घुस दिन बाध्य भएर दिएको प्रमाण भए पठाउन अपील गरे ।
सामाजिक सञ्जाल मार्फत गरिएको अपील रास्वपाका लागि ‘ब्याक फायर’ भएको छ । रास्वपाका सांसद हरि ढकाल, शिशिर खनाल र सोविता गौतमले स्टन्डका लागि गरेको अपीलमा कतिपय नागरिकहरूले पहिले रवि लामिछानेले सहकारीमा ठगेको रकम फिर्ता दिन माग गरेका छन् ।
रास्वपाले यो प्रकरणमा अर्को प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को साथ पाउने आशासहित गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेको छ ।
अध्यागमनका कर्मचारी छानविनको दायरामा प्रवेश समेत अख्तियारमा नपाइसकेको अवस्थामा रास्वपा भने प्रतिसोधपूर्ण व्यवहार देखाउँदै सकरार र गृहमन्त्रीविरुद्ध अनेकन अपवाह फैलाउन सक्रिय छ ।
रास्वपा सांसदले सामाजिक सञ्जाल फेसबुकमा गरेको प्रमाण पेशको अपीलमा पहिले रवि लामिछानेले सहकारीमा अपचलन गरेको रकम फिर्ता ल्याउन माग गरेका छन् । कतिपयले सहकारीमा जम्मा भएको रकम पनि ह्वाट्सप मार्फत टिपाउन भन्दै व्यङ्य समेत गरेका छन् ।
त्यसैगरी रास्वपाकै अपीलमा कमेन्ट गर्नेहरूले उपसभामुख ईन्दिरा राना मगर विगतमा मानव तस्करीमा जोडिएको भन्दै छानविनको विषय पनि उठान गरेका छन् । कतिपयले रवि गृहमन्त्री हुँदा त्यस्ता दलालहरूलाई कति तह लगायो ? भनेर पश्न समेत गरेका छन् ।
यता, रवि लामिछाने गृहमन्त्री भएका बेला एक लाख १ हजारभन्दा बढी नेपाली भिटिज भिसामा विदेश गएको तथ्याङ्क अध्यागमन विभागले देखाएको छ ।
रवि लामिछाने गृहमन्त्री हुँदा मासिक औसत २१ हजारभन्दा बढी भिजिट भिसामा बिदेशिएको तथ्याङ्क सार्वजनिक भइसकेको छ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया