कमल थापालाई राजावादीको आन्दोलनमा सबैभन्दा ठूलो फाइदा, अघोषित कमाण्डर, लिङ्देनमाथि फेरि षड्यन्त्र

काठमाडौं । राजावादीहरूको आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)का अध्यक्ष एवम् पूर्वमन्त्री कमल थापा हाबी भएका छन् ।
आइतबार काठमाडौंमा भएको प्रदर्शनपछि थापा हाबी भएको संकेत दिएका छन् । शान्तिपूर्ण आन्दोलनको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गरिरहेका थिए । लिङ्देनलाई ओझेलमा पार्ने गरेर थापाले सबैको ध्यान आफूतिर तान्न सफल भएका छन् । थापाले राजावादीको आन्दोलनलाई दुर्गा प्रसाईंकै लयतिर लैजाने हर्कत समेत गरेका छन् । लिङ्देनबाट थापा र प्रसाईंले जस्तो हर्कत गर्न सक्दैनन् ।
आइतबार सबै सञ्चारमाध्यममा राप्रपा नेपालका अध्यक्ष थापा शीर्ष स्थानमा रहेर छाइरहेका छन् । निषेधित तोड्ने प्रयास गरेपछि थापालाई प्रहरीले गिरफ्तार गरेर बेलुका छाडिदिएको छ । थापाले आफूलाई राजावादीको आन्दोलनमा केन्द्रित बनाउन र सबैको ध्यान खिच्नका लागि आइतबारको फण्डा गरेका हुन् ।
थापा निकै माहिर राजनीतिक खेलाडी हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहका विरुद्ध अभिव्यक्ति दिनुका साथै राजसंस्थाको एजेण्डा परित्याग गरेर राप्रपा फुटाएर राप्रपा नेपाल बनाएपछि थापाका दुरदशा भएको थियो । निर्वाचनमा एमालेको चुनाव चिन्ह ‘सूर्य’ लिएर उम्मेदवार बन्दा समेत थापाको लज्जास्पद पराजय भएको थियो । त्यसपछि थन्किएर बसेका थापाले राष्ट्रिय राजनीतिकको लयमा फर्किन निकै प्रयास गरिरहेका थिए ।
अध्यक्ष थापालाई राष्ट्रिय राजनीतिमा फर्किन राजावादीहरूको आन्दोलनले साथ दिएको छ । थापालाई धेरै फाइदा भएको छ । बास्तविक कुरा पूर्वराजा ज्ञानेन्द्र शाहले कमल थापालाई विश्वास गर्दैनन् ।
राप्रपाका अध्यक्ष लिङ्देनले थापाले जस्तो फण्डा गर्न जान्दैनन् र चाहँदैनन् । लिङ्देनले शान्तिपूर्ण राजनीतिलाई मात्रै चिनेका छन् । थापाले जस्तो फण्डालाई लिङ्देनले चिनेका छैनन् ।
आइतबार प्रहरीले छाडिदिएपछि थापा सिधै राप्रपाको केन्द्रीय कार्यालयमा पुगे । थापा आफ्नो पार्टीको कार्यालय वा निर्मल निवास जान सक्थे । थापाले त्यतातिर गएनन् । राप्रपासँग रहेको ग्ल्यामर्सलाई प्रयोग गर्न थापा राप्रपाको केन्द्रीय कार्यालयमा पुगेका हुन् । निकै सोँझो जनजातिका छोरो लिङ्देनले थापालाई स्वागत गरे । थापालाई आफ्ना अभिव्यक्ति सावर्जनिक गरिदिन पत्रकार सम्मेलन नै गराइदिए ।
थापाले आफू नै राजावादी आन्दोलनको कमाण्डर र नेता हुँ भन्ने जस्तो भान गरेर अभिव्यक्ति दिएका छन् । थापालाई राप्रपाको केन्द्रीय कार्यालयमा बोलाएर मिडियामा कमाण्डरलाई जस्तो गरि पत्रकार सम्मेलन गराउन भित्री रुपमा सहयोग गर्नेमा प्रमुख दायित्व राप्रपाका प्रवक्ता मोहन श्रेष्ठको रहेको छ । राप्रपामा रहे पनि प्रवक्ता श्रेष्ठको मन अध्यक्ष थापामाथि नै छ ।
कमल थापाले के बुझेका छन् भने आफ्नो पार्टी कार्यालयमा पत्रकार पनि नआउने, कार्यकर्ता पनि नजुट्ने भएपछि राप्रपालाई प्रयोग गरिरहेका छन् । राजावादीको आन्दोलनले सबैभन्दा ठूलो फाइदा समाप्त भइसकेका कमल थापालाई भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह वा राजसंस्था फर्किन्छ वा फर्किदैन थाहा छैन । तर, कमल थापालाई राजावादीको आन्दोलनले पुनः शीर्ष स्थानमा ल्याइदिएको छ । कमल थापाले फेरि पनि राप्रपालाई कब्जा गरेर आफ्नो विरोधीहरूलाई ठेगान लगाउन पनि सक्छन् ।
आफूलाई राजनीतिमा केन्दित गर्न ठाउँ खोजी गरिरहेका बेला थापाले राजावादीको आन्दोलनलाई अस्त्रका रुपमा प्रयोग गरेका छन् । थापा र लिङ्देनलाई सँगै राखिए पनि थापा नै हाबी हुने गरेका छन् । थापाको राशि नै कडा छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया