गृह मन्त्रालयद्वारा चार जिल्लाका सीडीओहरूको सरुवा

काठमाडौं । गृह मन्त्रालयले चार वटा जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।

आइतबार गृह मन्त्रालयले बर्दिया, कास्की, धनुषा र पाँचथरका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको हो ।

सहसचिव सुरेन्द्र पौडेललाई बर्दिया, शंकरहरि शर्मालाई धनुषा र अरुण पोखरेललाई पाँचथर जिल्लामा सीडीओका रुपमा सरुवा गरिएको छ ।

कास्कीको प्रमुख जिल्ला अधिकारीमा रुद्रादेवी शर्माको सरुवा भएको छ । शर्मा यसअघि बर्दियामा प्रमुख जिल्ला अधिकारी रहेकी थिइन् ।

कास्कीका सीडीओ भरतमणि पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

Published : Sunday, 2025 June 1, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया