राजावादीको आन्दोलनमा दारु खाएर प्रहरीलाई दुर्व्यवहारसहित बबाल गर्ने डाक्टर पक्राउ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)सहितका राजावादीहरूको आन्दोलनमा दारु खाएर बबाल गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।
आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका नेता दीपक सिंह लगायत ७ जनाको समूहसँग पक्राउ परेका डा.राजिव झा दारु खाएको अवस्थामा पक्राउ परेका हुन् । डा.झालाई अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा दारु खाएको पुष्टि भएको काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रवक्त एवम् एसपी अपील बोहराले बताएका छन् ।
प्रहरीका अनुसार दारु खाएर प्रहरीलाई दुर्व्यवहार गर्ने डा.झालाई स्वास्थ्य परीक्षण गर्दा दारु खाएको पुष्टि भएपछि हिरासतमा राखिएको छ ।
कमल थापा, दीपक सिंहसहितका अन्य ६ जनालाई प्रहरीले रिहा गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया