मकवानपुर प्रहरीद्वारा ठूलो परिमाणमा गाँजा, टाटा सुमो र दुई जनालाई पक्राउ

हेटौँड । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८० किलो १२० ग्राम गाँजासहित २ जना मानिसलाई पक्राउ गरेको जनाएको छ ।
आइतबार बिहान १ बजेर ३० मिनटको समयमा थाहा नगरपालिका वडा नं.०३ थानाबजारस्थित त्रिभुवन राजपथ सडकखण्डबाट गाँजा बोकेको गाडीसहित दुई जनालाई पक्राउ गरिएको मकवानपुर प्रहरीका प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।
लागुऔषध ओसार पसार भइरहेको भन्ने विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको थियो ।
डाडाँबासबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ च ४४११ नम्बरको टाटा सुमो गाडीमा गाँजा बरामद भएको थियो । टाटा सुमोका चालक गोरखाको पालुङटार नगरपालिका काठमाडौं महानगरपालिका वडा नं.१३ कालीमाटी डेरा गरी बस्ने वर्ष २८ को मधुसुदन अधिकारी र सोही सुमोमा सवार रही आएका सिन्धुलीको दुधौली नगरपालिका वडा नं.०८ खोरभञ्ज्याङ स्थायी घर भई हाल काठमाडौंको डल्लुमा डेरा गरी बस्ने वर्ष २५ को नवराज खड्कालाई पक्राउ गरिएको एसपी खड्काले बताए ।
मधुसुदन अधिकारी र नवराज खड्कालाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागुऔषध कसूर मुद्धामा १० दिनको म्याद अनुमति लिइएको छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया