सत्तामा जान हतार भएपछि माओवादी-रास्वपाले गृहमन्त्रीको राजीनामा मागे : कांग्रेस नेतृ यादव

काठमाडौं, १७ जेठ । नेपाली कांग्रेसकी नेतृ नागिना यादवले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको रहेको भन्दै राजीनामा नआउने बताएकी छिन् ।
शनिबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै नेतृ यादवले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्ता नरहेको बताएकी हुन् । प्रतिपक्षमा रहेका दलहरूलाई सत्तामा जान हतार भएको कारण पनि गृहमन्त्री लेखकको राजीनामा माग गरिएको नेतृ यादवले बताएकी छिन् ।
‘गृहमन्त्री रमेश लेखक निर्दोष हो । अहिलेसम्म उहाँको बारेमा कुनै पनि उजुरी परेको छैन,’ यादवले भनिन्, ‘उहाँले अहिलेसम्म अख्तियारले बयानको लागि बोलाएको पनि छैन । उहाँको कहीँ पनि नाम देखिएको छैन ।’
नेतृ यादवले भनिन्, ‘प्रतिपक्षले राजीनामा माग्दैमा उहाँले राजीनामा दिनुहुँदैन ।’
यादवले भनिन्, ‘अहिले बजारमा स्टन्टबाजी छ । अहिले गृहमन्त्रीलाई मुछ्ने कोशिस गरिएको छ ।’
विपक्षी दलहरूले प्रतिशोध साँधेर गृहमन्त्री लेखकको राजीनामा मागिरहेको नेतृ यादवले बताइन् ।
प्रतिपक्षी दलका नेताहरूले कांग्रेस–एमाले गठबन्धन तोड्ने उद्देश्य राखेर पनि गृहमन्त्री लेखकलाई हुँदै नभएको कुरामा बदनाम गराउन खोजिएको उनले बताएकी छिन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया