बैंकको २५० करोड हिनामिना गर्ने अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत बेलहियाबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २५० करोडभन्दा बढीरकम हिनामिना गरि फराररहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन् ।

आइतबार सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक युवराज खड्काले विज्ञप्ति जारी गरेर ६५ वर्षीय राजेन्द्रवीर रायलाई पक्राउ गरिएको जानकारी दिएका छन् । राय सल्यान जिल्ला ठेगाना भइ हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० मा बस्दै अँएका थिए ।

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राय पटक पटक सञ्चालक समितिको अध्यक्ष पदमा रहेर बचतकर्ताहरूको रकम हिनामिना गरेको सीआइबीले जनाएको छ ।

बैंकमा संकलन भएको बचतकर्ताहरूको २५० करोडभन्दा बढी रकम हिनामिना गरि फरार रहेका रायलाई सस्आईबीले जेठ १७ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहियाबाट पक्राउ गरेको एसपी खड्काले बताएका छन् ।

Published : Sunday, 2025 June 1, 10:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया