परराष्ट्रमन्त्री डा.राणा स्वदेश फिर्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा हङकङमा चीन सरकारद्वारा आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर स्वदेश फर्किएकी छिन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा समारोहमा सहभागी हुन डा.राणा गत बुधबार हङकङ प्रस्थान गरेकी थिइन् । डा.राणा शनिबार राति काठमाडौं फर्किएको निजी सचिवालयले जनाएको छ ।
नेपाल सो सङ्गठन स्थापना गर्ने सम्बन्धी महासन्धिको हस्ताक्षर कार्यक्रममा पर्यवेक्षकका रुपमा सहभागी भएको छ । महासन्धिमा ३२ मुलुकले हस्ताक्षर गरेका थिए ।
हस्ताक्षर गर्ने समारोहमा ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तर्राष्ट्रिय संघ, संगठन सहभागी भएका थिए ।
सङ्गठनले विभिन्न देशबीच, एक देश र अर्काे देशको कम्पनी वा नागरिकबीच एवं विभिन्न मुलुकका निजी व्यवसायहरूबीचका विवादलाई मध्यस्थताद्वारा समाधान गर्ने उद्देश्य लिएको छ ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया