मन्त्री राणाको पहलमा प्रदेशको याेजना बहाने-स्याउलीबाङ र बाग्दुला-मच्छी सडकमा केन्द्र सरकारकाे समपूरक बजेट

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्यूठानको बाहाने–स्याउलीबाङ सडकखण्डका ४२ करोड समपूरक बजेट परेको छ ।
अर्थमन्त्री विष्णु पौडेलद्वारा जेठ १५ गते प्रतिनिधि सभाको बैठकमा पेश गरिएको बजेटमा बाहाने–स्याउलीबाङ सडकखण्डका ४२ करोड १५ लाख समपूरक बजेट विनियोजना भएको हो । बाहाने–स्याउलीबाङ सडकखण्डका लागि लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाको विशेष पहलमा रकम विनियोजन भएको छ ।
मन्त्री राणाले भने, ‘मैले तपाईंहरूको घर दैलोमा पुग्दा गरेका सबै बाचाहरू अक्षरंश सम्झेको छु । विकासमा पछाडि परेको प्यूठानको मुहार यसैपालि परिवर्तन गर्ने मेरो बाचा अनुसार प्यूठानको सबैभन्दा दुर्गम बाहाने–स्याउलीबाङ सडकखण्डका लागि अघिल्लो सरकारमा म उद्योग तथा यातायातमन्त्रीको जिम्मेवारीमा रहँदा ४२ करोड १५ लाख संघीय समपूरक योजनामार्फत विनियोजन गरि काम भैरहेको छ ।’
‘शहरी विकास तथा खानेपानीमन्त्रीको जिम्मेवारीमा रहँदै गर्दा ४० वर्ष पहिला बाटो निर्माण सुरु भएता पनि विभिन्न नाम र बाहानामा ओझेल परेको बाग्दुला–मच्छी सडकलाई यसै वर्ष संघीय समपूरकबाट ३० करोड बजेट विनियोजन भएको छ ।’
‘यो सुरुवात हो । मेरो उद्देश्य एउटै छ– तपाईंहरूसंगको बाचा अनुसार प्यूठानको मुहार फेर्ने । अरु थुप्रै विकास र सम्बृद्धिको काम यस वर्षको बजेटमा हजुरहरूले अनुभूति गर्न पाउनुहुनेछ,’ मन्त्री राणाले भने, ‘मेरो विकास अभियानमा तपाईं सम्पूर्णले साथ दिनुहुनुछ भन्नेमा म विश्वस्त छु ।’
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया