डिपोट भएका खुकुरीवाला डीआईजीद्वारा प्रहरी, कांग्रेस र मन्त्रीहरूविरुद्ध हर्कत, राजावादीलाई परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको एआईजी बढुवामा छुटेपछि त्यसको झोँकमा डीआईजी कलम गिरीले संगठनको अहितका गतिविधिहरू गरिरहेका छन् ।
विवादस्पद र अपराधिक चरित्रका भएको आरोप खेप्दै आएका डीआईजी गिरीले श्रृङ्खलाबद्ध गलत समाचार लेखाउन थालेका हुन् । डीआईजी गिरीले विशेष गरेर नेपाली कांग्रेसविरुद्ध तेजोबद्ध गरिरहेका छन् । गिरीले गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा, एआईजी बढुवाको सिफारिसमा परेका गणेशबहादुर ठाडा मगर लगायतविरुद्ध ठूलो रकम खर्च गरेर मिडियाबाजी गरिरहेका छन् । डीआईजी गिरीले गरेका हर्कतहरूको सशस्त्र प्रहरी मुख्यालयले ठूलो फाइल बनाएर राखेको छ । डीआईजीबाट एआईजीमा आर्थिक चलखेल भएको भनेर समाचार लेखाउने हर्कतमा गिरीको संलग्नता रहेको हलचोक उच्च स्रोतले जनाएको छ ।
लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको लाखौँ रकम ठगी गरेका एकजना राजावादीको सञ्चारमाध्यममा डीआईजी गिरीले कांग्रेसका नेताहरू गृहमन्त्री, परराष्ट्रमन्त्री लगायतविरुद्ध पैसाको खोलो बगाएर चरित्रहत्या हुने गरी समाचार लेखाएको चर्चा सशस्त्र प्रहरीको हेडक्वारटमा चलेको छ । न्यायिक निकायबाट गिरीको हिसाब किताव छिटै हुनेछ ।
डीआईजी गिरीले राजावादीको आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएका सञ्चारमाध्यमहरूमा कांग्रेस नेताहरूको चरित्र हत्या हुने गरेर मोटो रकम खर्च गरेर समाचार लेखाएको सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा चर्चा भइरहेको छ । मिशनमा गएका बेला खुकुरी काण्ड गरेका गिरीको अपराधिक हर्कतले सशस्त्र प्रहरी आजित बनेको छ ।
सशस्त्र प्रहरीको हेडक्वाटरले डीआईजी गिरीका हर्कतहरूमाथि कडा निगरानी गरिरहेको उच्च स्रोतले जनाएको छ । कोर्ट मार्शल हुनुपर्ने गिरीमा सुधार भइरहेको छैन ।
एआईजी बढुवामा विक्रम संवत् २०५४ साल चैत्रमा भर्ना भएका शम्भु सुवेदी आफ्नै कारणले पछि परेका छन् । २०५६/०३/०३ भर्नाको बैकल्पिक ब्याजका कुलबहादुर नेम्वाङ सशस्त्र प्रहरीमा कमजोर उम्मेदवार मानिन्छन् ।
२०५६/०३/०३ मा भर्ना भएका कमल गिरी र गणेश ठाडा मगर निकटतम प्रतिस्पर्धा थिए । व्यावसायिकता, क्षमता तथा चरित्रका कारण डीआईजी गिरी विवादमा पर्दै आएका थिए । डीआईजी गिरीभन्दा एआईजी बढुवामा सिफारिस भएका डीआईजी मगर काबिल मानिन्छन् । आधारभूत तालिममा संहिष्णुता, चाँदमारी प्रथम सहित मगर सर्वोत्कृष्ठ भएका थिए । सो तालिममा डीआईजी गिरी पुछारबाट दोस्रो रहेको अभिलेख नेपाल प्रहरीको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा रहेको देखिन्छ ।
सप्तरी लगायत जिल्लामा कमाण्डर भई कार्य गरेका बखत दारु खाने, मातहतलाई कुट्ने, दुर्व्यहार गर्ने तथा कमजोर कमाण्डर रहेको मात्र होइन डीआईजी गिरीबिरुद्ध मानव अधिकार आयोगमा समेत उजुरी परेको थियो ।
त्यति मात्रै होइन विक्रम संवत् २०७२ सालमा हाईटीमा कार्यरत रहँदा दारु खाई मातेर कमाण्डर एसएसपी कमल बस्नेत लगायत सिनियर अधिकृतहरूलाई खुकुरी देखाई धम्क्याउने कार्य गरेका थिए । त्यसपछि गिरीलाई कारवाही गरेर डिपोट गरिएको थियो । तैपनि गिरी सुध्रिने छाँटकाँट गरेका छैनन् । आफ्नै संगठनका साथै गृहमन्त्री, परराष्ट्रमन्त्री लगायतविरुद्ध समाचार लेखाएर चरित्रहत्या गर्ने हर्कत गरिरहेका छन् ।
५ नम्वरमा रहेका बेला गिरी मेडिकल माफिया दुर्गा प्रसाईं तथा पूर्वको क्यासिनो व्यावसायीले झापा एमालेका तत्कालीन अध्यक्ष डम्बर गिरीमार्फत बिभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारी तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छो ज्वाइँ जीवन आचार्य समेतलाई प्रभावमा पारी ५ नं.बाट डीआईजीमा पदोन्नति हुँदा १ नम्बरमा र १ नं. मा रहेका मगरलाई २ नम्बरमा पदोन्नति गराइएको थियो ।
गिरी नं. ६ बाहिनी सुर्खेतमा सहायक बाहिनीपतिको रुपमा कार्यरत रहँदा तत्कालीन बाहिनीपति (प्राबिधिक पृष्ठभूमिका अधिकृत)लाई धम्काउने तथा कार्यसम्पदन मूल्याङ्कन भर्दा स्वयंले ‘मेरो उपस्थितमा कार्यसम्पादन भर्नु पर्छ’ भनि दवाव दिइ भरेको तथा उल्टो कुरा लगाउने गरेको कुरा अवकास प्राप्त डीआईजीहरूले बताउने गरेका छन् ।
नं. १ बराहा बाहिनीमा बाहिनीपतिमा कार्यरत रहँदा निर्वाचनका समयमा आचार संहिता विपरित कुनै खास उम्मेदवारलाई कार्यालयमा नै बसाउने, खुवाउने तथा प्रचार गर्न सई खेमराज धिमालको कमाण्डमा प्रचार प्रसार गर्न खटाएका थिए । डीआईजी गिरीको सो हर्कतको बिभिन्न दलहरुरूले त्यस बेला आरोप लगाएका थिए ।
युएनबाट डिपोट हुनु फौजमा कोर्ट मार्सल सरह रहेको र नेतृत्वको लागि हैन सेवामा रहनको लागि पनि उपयुक्त नहुने हेडक्वाटरमा चर्चा भएको थियो ।
पूर्व क्षेत्रको बाहिनीपतिको रुपमा रहँदा असई सिकेन्द्र कुँवर, सहायक हवल्दार प्रदीप कार्की (डीआईजी गिरीका बहिनी ज्वाइँ), सई गणेश खड्का, वरिष्ठ हवल्दार भीम कार्की, प्राविधिक बरिष्ठ हवल्दार भीमबहादुर अधिकारी लगायत दर्जन घुमुवा परिचालन गरि अकुत सम्पत्ति आर्जन गरेको त्यसबेला बाहिनीमा कार्यरत सशस्त्र कर्मचारीहरूले बताउने गरेका छन् ।
तस्करसंग सेटिङ्ग गर्न भनि घुमुवा सहायक हवल्दार थमबहादुर गिरीलाई उनले राजस्व अनुसन्धान कार्यालय ईटहरीमा पठाएका थिए । राजस्व कार्यालयका हाकिमले ठाडै अस्वीकार गरेपछि घुमुवा थमबहादुर गिरीले हाकिमलाई लछार पछार समेत गरेका थिए । यो विषय त्यस बेला ठूलो स्क्याण्डल बनेको थियो ।
अहिले पनि गोंगबु बिजी मलका साहु बासु गिरी, पूर्वको क्यासिनो ब्यावसायी, पर्वतबाट प्रतिनिधि सभामा निर्वाचित एमालेका सांसद एवम् पूर्वमन्त्री पदम गिरी लगायतलाई परिचालन गरेर प्रलोभनमा पारी पदोन्नतिको लागि बिभिन्न शक्तिकेन्द्रहरूमा अस्वाभाविक रुपमा लागेका थिए ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया