सांस्कृतिक संघ काठमाडौंकी अध्यक्ष सविता महर्जनको निधन, कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं. ६ का महाधिवेशन प्रतिनिधि एवं नेपाल सांस्कृतिक संघ काठमाडौंकी अध्यक्ष सविता महर्जनको निधन भएको छ ।
संघकी अध्यक्ष महर्जनको शुक्रबार निधन भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ । कांग्रेसले अध्यक्ष महर्जनको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
‘स्व.महर्जनले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो,’ कांग्रेसले भनेको छ ।
‘उहाँको निधनबाट नेपाली कांग्रेसले एक होनाहार व्यक्तित्वलाई गुमाएको छ,’ कांग्रेसले भनेको छ, ‘उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले गहिरो दुःख व्यक्त गर्नु भएको छ ।’
कांग्रेसले भने, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै सभापति देउवाले आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।’
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया