रविकै पालामा भिजिट भिसामा विदेशिने दर उच्च, मन्त्रालय आउनसाथ हटाएका थिए नरबहादुर

काठमाण्डौं । भिजिट भिसा प्रकरणमा बहालवाला गृहमन्त्रीको राजीनामा माग गरेर उग्ररुप देखाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गृहमन्त्री रहेकै पालामा सबैभन्दा बढी मानिस भिजिट भिसामा विदेशिएको एक तथ्याङ्कबाट खुलासा भएको छ ।
अध्यागमन विभाग स्रोतबाट प्राप्त तथ्याङ्क अनुसार रास्वपा सभापति लामिछाने दोस्रो पटक उपप्रधान तथा गृहमन्त्री रहेका बेला उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुखको जिम्मेवारीमा सहसचिव सुरेश पन्थीलाई पठाएका थिए ।
२०८१ जेठ २४ गते अध्यागमनको प्रमुखको जिम्मेवारी सम्हालेका पन्थीले ४ महिना २ दिन त्यहाँ रहँदा मासिक २६ हजार २२८ जना सरदरमा पठाउने गरेको तथ्याङ्कले देखाएको छ । यो मासिक भिजिट भिसामा विदेश पठाउने सबैभन्दा उच्च दर रहेको पनि खुलेको छ । पन्थीको पालामा दैनिक ८७४ जनाले सरदरमा भिजिट भिसामा मुलुक छोड्ने गरेका थिए ।
दोस्रो पटक गृहको नेतृत्व रविले २०८० फागुन २३ गते सम्हालेका थिए । रविले गृह सम्हालेपछि सहसचिव पन्थीलाई नवलपरासी पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारी थिए । अहिले रविको सिंगो पार्टीपक्ति नै गृहमन्त्री रमेश लेखकले उनलाई अवधि नपुगी त्यहाँबाट हटाएको प्रचारबाजीमा छ ।
विगत हेर्दा २०८० फागुन २३ गते गृहमन्त्री भएका रविले तत्कालिन अवस्थामा अध्यागमन कार्यालयका प्रमुख नरबहादुर थापालाई २ महिना १६ दिनमै हटाएको अध्यागमन विभागको तथ्याङ्कले देखाएको छ । राजश्व प्रशासनका विद्धान तथा शालिन अफिसरका रुपमा गृह प्रशासनमा छवि बनाएका थापालाई सेटिङ्कै हुत्याइएको हो ।
थापालाई हटाएर छोटो अवधीमै रविले सेटिङ् पन्थीलाई विमानस्थलस्थित अध्यागमनको प्रमुख बनाएको स्रोतको भनाई छ । रविको दोस्रो कार्यकाल २०८० फागुन २१ देखि २०८१ असार ३० गतेसम्मको थियो ।
त्यसैगरी पहिलो कार्यकाल रविले २०७९ पुस ११ गते सम्हालेका थिए । त्यो बेलाको कार्यकाल १ महिना २ दिन रहेको थियो । रविको पहिलो कार्यकालका बेला अध्यागमन प्रमुखमा बासुदेव घिमिरे प्रमुख थिए । घिमिरे प्रमुख रहेका बेला मासिक सरदर २० हजार ८६७ जना भिजिट भिसामा विदेश गएको देखिन्छ ।
रास्वपाकै गृहमन्त्री हुँदा अनविज्ञ जस्तै देखिएको रास्वपा अहिले लामो समयदेखि भिजिट भिसामा जाने विषयलाई मानव तस्करी जस्तो गम्भीर अपराधसित जोड्न थालेको छ ।
त्यसैगरी हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा रहेका अध्यागमका प्रमुख सहसचिव तिर्थ भट्टराईले ७ महिना १५ दिन अध्यागमनको प्रमुखको जिम्मेवारीमा रहे । भट्टराईको कार्यकालमा मासिक २० हजार ६५० जना सरदरमा भिजिट भिसामा बारिएको अध्यागमन विभागको तथ्याङ्कले देखाएको छ । प्राप्त तथ्याङ्क अनुसार भट्टराईका बेला विमानस्थलबाट मासिक ६८८ जना भिजिट भिसामा बाहिर जाने गरेको देखिन्छ ।
गृहमन्त्री रमेश लेखकसित कुनै संलग्नता नदेखिएको र मन्त्री लेखकमाथि कहिकतैबाट उजुरी नगरेको विषयलाई जोडेर माओवादी केन्द्र र रास्वपा लगायतका प्रतिपक्षी दलले राजीनामाको विषय उठाइरहेका छन् । अख्तियारको छानविनको केन्द्रमा रहेका सहसचिव भट्टराईको अझै बयान सुरु नभएको स्रोतले जनाएको छ । साथै सहसचिव तिर्थ भट्टराईलाई मोरङको प्रमुख जिल्ला अधिकारी २०७९ फागुन १३ गते पठाएको गृहस्रोतले बतायो ।
गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलनमा २०७९ भन्नुपर्नेमा २०७८ भनेको र मिति नमिल्दा रास्वपाले झुटो प्रचार गरेको आरोप लगाएको छ । सहसचिव भट्टराईलाई मोरङको प्रजिअ बनाएको तथ्य राष्ट्रिय किताबखाना (निजामती) को रेकर्डमा समेत प्रष्ट देखिन्छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया