पूर्वमन्त्री आलमबारे धेरै भ्रमहरू बाहिर आएपछि अन्नपूर्ण न्यूरो अस्पतालको धारणा सार्वजनिक

काठमाडौं । अन्नपूण न्यूरो अस्पताल, माइतीघर, काठमाडौं (अन्नपूर्ण न्यूरोलोजिकल ईन्स्च्युट एण्ड अलाइड साईन्स)ले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफ्ताब आलममको स्वास्थ्यमा क्रमिक सुधार आएको जनाएको छ ।

शुक्रबार अस्पताल प्रशासनले प्रेस विज्ञप्ति जारी गरेर भनेको छ, ‘अस्पताल आएपछि उहाँको शरीरिक, रगत तथा एम.आर.आई. जाँच पश्चात उहाँलाई मस्तिष्कघाट देखिएर तुरुन्तै टीपीए औषधि दिएर उपचार गरिएको थियो ।’

‘तत्पश्चात उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको र हाल उहाँ अस्पतालको आई.सीइ.यु. विभागमा विशेषज्ञ स्नायु चिकित्सकको निगरानीमा उपचाररत रहेको जानकारी दिन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

पूर्वमन्त्री आलमलाई शुक्रबार बिहान करीव ७ बजे अचानक बोली अस्पष्ट र शरीरको एक भाग कमजोर भएको लक्षण देखिएपछि अन्नपूण न्यूरो अस्पतालको आकस्मिक कक्षमा ल्याएर उपचारका लागि भर्ना गरिएको थियो ।

अस्पताल प्रशासनले भनेको छ, ‘समस्त शुभचिन्तक तथा मिडियाकर्मीलाई यसै विज्ञप्तिलाई नै अपस्पतालको आधिकारिक विज्ञप्तिको रुपमा लिइदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’

पूर्वमन्त्री एवम् कांग्रेस नेता आलमका विषयमा सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमहरूमा भ्रामक समाचारहरू सम्प्रेषण भएपछि अस्पताल प्रशासनले उपचारका विषयमा जानकारी गराएको छ ।

Published : Friday, 2025 May 30, 11:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया