प्रहरी हेडक्वाटरबाट २८ एसएसपीहरूको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेको छ ।
गृह मन्त्रालय मन्त्रीस्तरीय निर्णयानुसार शुक्रबार प्रहरी हेडक्वाटरले एसएसपीहरूको सरुवा गरेको हो ।
सूचनाअनुसार अनुपशम्शेर ज.ब.रा.लाई नेपाल प्रहरी प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, अबिनारायण काफ्लेलाईकार्य विभाग कार्य निर्देशनालय नक्साल, ओमप्रसाद अधिकारीलाई मानवश्रोत विकाश भिवाग वृत्ति विकाश महाशाखा नक्साल, कृष्णप्रसाद कोइरालालाई लागुऔषध नियन्त्रण व्यूरो, कृष्णप्रसाद पंगेनीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो, कृष्णबहादुर पल्ली मगरलाई गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण पोखरामा सरुवा भएको छ ।
गोपालचन्द्र भट्टराईलाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, गोविन्द अधिकारीलाई कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, जनार्दन जि.सी.लाई गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, तारादेवी थापालाई प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा सरुवा गरिएको छ ।
दीपशम्शेर ज.ब.रालाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा रानीपोखरी, नवराज अधिकारीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, प्रकाश मल्ललाई नेपाली राजदूतावास (काउन्सिलर) नयाँ दिल्ल, प्रज्वल महर्जनलाई प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्साल, प्रवीण पोखरेललाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा सरुवा गरिएको सूचनामा उल्लेख छ ।
प्रभुप्रसाद ढकाललाई बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, विनोद सिलवाललाई प्रहरी प्रदेश कार्यालय बनेपा, वीरबहादुर बुढा मगरलाई प्रहरी प्रदेश कार्यालय सुर्खेत (हाल नेपालगञ्ज), भीमबहादुर दाहाललाई मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, महेन्द्र खड्कालाई प्रहरी प्रदेश कार्यालय भैरहवा, मुकुन्द मरासिनीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालमा सरुवा गरिएको छ ।
रञ्जु सिग्देललाई अपराध अनुसन्धान विद्यालय महाराजगञ्ज, राजेन्द्रप्रसाद धमलालाई सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल, शान्तिराज कोइरालालाई प्रहरी प्रदेश कार्यालय वीरगञ्ज, शारदाप्रसाद चौधरीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा, शिवकुमार श्रेष्ठलाई प्रहरी प्रदेश कार्यालय धरान, सन्तोषकुमार भट्टराईलाई प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशी र सन्तोषसिंह राठौरलाई लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा सरुवा गरिएको सूचनामा उल्लेख छ ।





बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया