दुई डीआईजीको सरुवा र पदस्थापनाबारे बाहिर आएका भ्रमहरूको हेडक्वाटरबाट खण्डन

काठमाडौं । नेपाल प्रहरीले प्रहरी नायव महानिरीक्षकहरूको सरुवा तथा पदस्थापनाका सम्बन्धमा विभिन्न अनलाइन तथा सामाजिक सञ्जालहरूमा प्रकाशित समाचार सम्प्रेषित सूचनाहरूका सन्दर्भमा ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार राति प्रहरी वरिष्ठ उपरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता रमेश थापाले विज्ञप्ति जारी गरेर प्रहरी प्रधान कार्यालयका ध्यानाकर्षण भएको जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसनधान आयोगमा कार्यरत प्रहरी नायव महानिरीक्षक हिमालयकुमार श्रेष्ठलाई साबिकको दरबन्दी अख्तियार अनुसन्धान आयोग र प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानालाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कामकाज गर्ने गरी खटाउने निर्णय भएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ’
गृहमन्त्री रमेश लेखक र प्रहरीको बदनाम गराउने गरी केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा डीआईजी श्रेष्ठ र रानाको सरुवाका विषयमा गलत कुरा सार्वजनिक गरेपछि प्रहरीले खण्डन गरेको छ ।

बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया