दुई डीआईजीको सरुवा र पदस्थापनाबारे बाहिर आएका भ्रमहरूको हेडक्वाटरबाट खण्डन
काठमाडौं । नेपाल प्रहरीले प्रहरी नायव महानिरीक्षकहरूको सरुवा तथा पदस्थापनाका सम्बन्धमा विभिन्न अनलाइन तथा सामाजिक सञ्जालहरूमा प्रकाशित समाचार सम्प्रेषित सूचनाहरूका सन्दर्भमा ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार राति प्रहरी वरिष्ठ उपरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता रमेश थापाले विज्ञप्ति जारी गरेर प्रहरी प्रधान कार्यालयका ध्यानाकर्षण भएको जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसनधान आयोगमा कार्यरत प्रहरी नायव महानिरीक्षक हिमालयकुमार श्रेष्ठलाई साबिकको दरबन्दी अख्तियार अनुसन्धान आयोग र प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानालाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कामकाज गर्ने गरी खटाउने निर्णय भएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ’
गृहमन्त्री रमेश लेखक र प्रहरीको बदनाम गराउने गरी केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा डीआईजी श्रेष्ठ र रानाको सरुवाका विषयमा गलत कुरा सार्वजनिक गरेपछि प्रहरीले खण्डन गरेको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया