नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी शुभश्री श्रेष्ठ सम्मानित

काठमाडौं । नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा काठमाडौं लैनचौरमा संचालन भएको साउथ एसियन रिजनल युथ टेबलटेनिस च्याम्पियनसिप २०२५ मा रजत तथा कास्य पदक हसिल गर्न सफल नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी शुभश्री श्रेष्ठलाई सम्मान गरिएको छ ।
शुक्रबार प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरेका हुन् ।
थापाले श्रेष्ठका हजुरबुबा अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक गोवर्धन श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरेका छन् ।
अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष बृजेन्द्र हमाललाई समेत सम्मान गरिएको छ ।
प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी शुभश्री श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरी संगठनको छवि उच्च बनाउन निर्वाह गरेको योगदानको प्रशंसा गरेका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया