आईजीपी थापाद्वारा १२ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले पदोन्नति भएका १२ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रममा आईजीपी थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

नेपाल सरकार मन्त्रिपरिषदको २०८२ जेठ १५ गतेको निर्णयानुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा १ जना र नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ जेठ १३ गतेको निर्णयानुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा ११ जना गरी जम्मा १२ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।

प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिबिक्रम शाह तथा प्रहरी नायव महानिरीक्षकहरू सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जि.सी), दीपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दीपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्रबहादुर गुरूङ्ग रहेका छन् ।

प्रहरी महानिरीक्षक थापाले प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

Published : Friday, 2025 May 30, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया