कांग्रेस सांसद चौधरी एसएसबीका महानिरीक्षकको विदाईमा प्रमुख अतिथिका रुपमा सहभागी

सिलिगुडी । नेपाली कांग्रेसकी प्रतिनिधि सभाकी सांसद चन्दा चौधरी भारतको सशस्त्र सीमा बल (एसएसबी)का सेवानिवृत्त भएका महानिरीक्षक सुधीर कुमारको विदाई परेडको कार्यक्रममा सहभागी भएकी छिन् ।
सशस्त्र सीमा बलका महानिरीक्षक सुधीर कुमार ३७ वर्षको सेवा अवधिपछि अवकाश लिएका छन् । शुक्रबार एसएसबी फ्रन्टियर सिलिगुडीको टिस्ता मैदानमा आयोजित बिदाइ परेड कार्यक्रममा सांसद चौधरी प्रमुख अतिथिका रुपमा सहभागी भएकी छिन् ।
सशस्त्र सीमा बलका उपमहानिरीक्षक ए.ले कार्यक्रममा आफ्नो स्वागत भाषण गरेका थिए । के.सी.सिंहले विगत दुई वर्षको महानिरीक्षकको उपलब्धिहरूमाथि प्रकाश पारेका थिए ।

फ्रन्टियर सिलिगुडीले नेपाल र भुटान सीमामा पोस्ट गरिएको उत्कृष्ट युनिट र बोर्डर छनोट गरी पुरस्कृत गरेकोमा र पश्चिम बंगालका गभर्नरबाट उत्कृष्टता प्रमाणपत्र प्राप्त गरेकोमा सम्मानित भएको कार्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी सांसद चौधरीले सुधीर कुमार आईजीको कुशल नेतृत्व र मानवीय व्यवहारको प्रशंसा गरेकी छिन् । उनले भारत–नेपाल सम्बन्धको ऐतिहासिक–सांस्कृतिक अखण्डतालाई चित्रण गरेकी छिन् ।

अवकास भएका महानिरीक्षक सुधीर कुमारले आफ्नो सेवा अवधिपछि पनि राष्ट्र सेवामा सबै कुरा समर्पित गर्ने प्रतीज्ञा व्यक्त गरेका छन् । उनले सेवा सुरक्षा र भ्रातृत्वको सूत्र वाक्यलाई विचार गर्दै र सबैलाई उनीहरूको सहयोगको लागि धन्यवाद दिएका छन् ।
कार्यक्रममा फ्रन्टियरका सबै क्षेत्रहरू रानीडांगा, जलपाईगुडी र गान्तोकका मार्चिङ टुक्राहरूले उत्कृष्ट प्रदर्शन गरे, फ्रन्टियरको पाइपब्यान्ड, ब्रास ब्यान्डले परेड र दर्शकहरूलाई सुन्दर धुनले स्वागत गरेका थिए ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया