हेटौँडामा ठूलो परिमाणको गाँजा बरामद, दुई जना पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय किलोभन्दा धेरै गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटेस्थित चेकपोष्ट अगाडि सडकखण्डबाट १ सय ५ किलो ९ सय ग्राम गाँजासहित ३२ वर्षीय अम्मरबहादुर तामाङलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

हेटौँडाबाट कलैयातर्फ जाँदै गरेको बा.प्र.०१–०३०च १०४६ नम्बरको पिकअप गाडीमा गाँजा बरामद भएको थियो ।

गाडी चालक दोलखाको जिरी नगरपालिका वडा नं. १ बस्ने तामाङले पिकअप गाडीभित्र लुकाई छिपाई राखेको ९ वटा पोकामा १०५ किलो ९०० ग्राम गाँजा फेला पारेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, मकवानपुर प्रहरीले हेटौँडाको बसपार्कस्थित सडकबाट चितवनको भरतपुर महानगरपालिका वडा नं. १४ घर भई मकवानपुरको मनहरी गाउँपालिका वडा न.. ८ बस्ने सुशील श्रेष्ठलाई लागुऔषध ट्रमाडोल ७८ ट्याब्लेट र ट्राइड १० लेखिएको ५८ ट्याबलेटसहित नियन्त्रणमा लिइएको छ ।

Published : Friday, 2025 May 30, 3:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया