परराष्ट्रमन्त्री डा.राणा आईओएमईडीमा नेपालको तर्फबाट पर्यवेक्षकका रुपमा सहभागी

हङकङ । परराष्ट्रमन्त्री डा.आरजु राणा अन्तर्राष्ट्रिय मध्यस्थता संगठन (आईओएमईडी)को कार्यक्रममा सहभागी भएकी छिन् ।
चीनद्वारा हङकङमा आयोजित कार्यक्रममा डा.राणा नेपालका तर्फबाट पर्यवेक्षकका रुपमा उपस्थित भएकी हुन् ।
चीनद्वारा आयोजित हङकङ एसएआरमा अन्तर्राष्ट्रिय मध्यस्थता संगठन (आईओएमईडी)को स्थापना सम्बन्धी महासन्धिको हस्ताक्षर समारोहमा परराष्ट्रमन्त्री डा.राणा नेपालको तर्फबाट पर्यवेक्षकको रूपमा उपस्थित भएकी हुन् ।
महासन्धिमा ३२ देशहरूले हस्ताक्षर गरेका छन् । आईओएमईडी संयुक्त राष्ट्र संघको बडापत्र अनुरूप मध्यस्थतामार्फत द्वन्द्व समाधान गर्ने लक्ष्य राख्छ । जसले अन्तर्राष्ट्रिय विवाद समाधान संयन्त्रलाई पूरक बनाउे गरेको छ ।
Published : Friday, 2025 May 30, 3:11 pm
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया