कांग्रेस नेता शाहले कृष्णनगर भन्सार जोड्ने सडक फराकिलो बनाउन निजी पर्खाल भत्काए

कृष्णनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद अभिषेकप्रताप शाहले कृष्णनगर भन्सार नाका जोड्ने सडक विस्तारका लागि फराकिलो बनाउन आफ्नो जग्गामा रहेको पर्खाल भत्काएका छन् ।

बिहीबार नेता शाहले कृष्णनगर भन्सारसँग जोडिएको घरको पर्खाल भत्काएर सडक फराकिलो बनाउन जमीन दिएका हुन् । नेता शाहले पर्खाल आफै भत्काउन लगाएका हुन् ।

नेपाल–भारत सिमाना कृष्णनगरमा भन्सार कार्यालय रहेको छ । भन्सारसम्म जोड्ने बहादुरगञ्ज–कृष्णनगर सडक फराकिलो बनाउने कार्य शुरु भएको छ । त्यसका लागि नेता शाहले सहयोग गरेका हुन् ।

विकास निर्माणको कार्यमा सहयोग गर्न आफूले निजी निवासको पार्खाल भत्काएर सडक विस्तारमा सहयोग गरेको बताएका छन् ।

Published : Friday, 2025 May 30, 8:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया