प्रतिपक्ष दलहरूका सांसद र नेताहरूद्वारा गृहमन्त्री लेखकको बचाउ, एक्लिदै रास्वपा

काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई प्रतिपक्षका सांसदहरूले पनि साथ दिन थालेका छन् ।

भिजिट भिसा प्रकरणमा अध्यागमन विभागको विमानस्थल कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर हाल हाजिरी जमानीमा राखेर अनुसन्धान अगाडि बढाएको छ । भट्टराईमाथि भइरहेको अनुसन्धानको कारण देखाउँदै प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आएका छन् । उनीहरूले संसद बैठक पनि अवरुद्ध पार्दै आएका छन् ।

कर्मचारीले गरेको गल्तीको दोष मन्त्रीले लिन नसक्ने भन्दै प्रतिपक्ष दलकै सांसदहरूले गृहमन्त्रीलाई साथ दिन थालेका छन् । डोटीबाट निर्वाचित एकीकृत समाजवादीका सांसद प्रेम आलेले गृहमन्त्री लेखकले दोषी नभएरै राजीनामा दिन नहुँने तर्क गरेका छन् । दोषी देखिएपछि मात्र राजीनामा दिनुपर्छ । नभए दिन हँुदैन । आलेले भने, ‘गृह मन्त्रालय अन्र्तगत एक लाख त प्रहरीहरू नै छन् । कुनै एउटा÷दुइटाले गल्ती गर्नासाथ मन्त्रीले नै राजीनामा दिनुपर्छ त पर्दैनन नी ।’

गृहमन्त्रीको गल्ती भएपछि राजीनामा माग्न स्वभाविक भएपनि एउटा कर्मचारीले गल्ती गर्दा सरकारले नै राजीनामा दिनुपर्ने राम्रो कुरा नभएको बताए । दोषी नभइकन राजीनामा दिनुनपर्ने आलेले बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)का पूर्वसांसद एवम् नेता रामनारायण विडारीले गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने बताएका छन् । कर्मचारीको गल्तीमा हाकिम र मन्त्री समात्न नहुँने बिडारीले बताए ।

रवि लामिछानेको जस्तो अहिलेका गृहमन्त्री रमेश लेखकको केहि पनि केश नभएको माओवादी नेता बिडारीले बताए । रवि लामिछानेलाई मुख्य अभियुक्त बनाइएको तर, लेखकलाई शंका मात्र गरिएकोले रविको केशसंग दाज्न नमिल्ने बिडारीले बताएका छन् ।

अध्यागनमका कर्मचारीमाथि पनि अनुसन्धान जारी रहेकोले यो विषयमा अहिले नै गृहमन्त्रीको राजीमाना माग्न नहुँने माओवादी नेता बिडारीले बताएका छन् ।

प्रतिपक्षी दलका सांसदहरूले समेत गृहमन्त्री लेखकको साथ दिएपछि रास्वपाले प्रतिशोध साँध्नको लागि मात्र गृहमन्त्री लेखकको राजीनामा माग गरेको पुष्टि हुन लागेको छ ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा गृह मन्त्रालयअन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको बताएका छन् । खतिवडाले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको भन्दै दोषी भए जुनसुकै व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

कर्मचारीमाथि अनुसन्धान सुरु भएकै आधारमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ भन्ने माग उचित नभएको सांसद खतिवडाले बताए ।

गृह मन्त्रालयअन्तर्गतका हजारौँ कर्मचारीमाथि अनुसन्धान भएको बताउँदै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले मातहतका कर्मचारीमाथि उजुरी पर्नेबित्तिकै मन्त्रीले नैतिक जिम्मेवारी लिने परम्परा उचित नहुने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराधमा पुर्पक्षमा थुनामा पठाएपछि रास्वपाका सांसद र नेताहरू तनाबमा छन् । रास्वपाका सांसदहरूले गृहमन्त्री लेखकको राजीनामा माग गरिरहेका बेला माओवादी, नेकपा (एकीकृत समाजवादी)का सांसद र नेताहरूले समेत लेखकलाई राजीनामा दिन नपर्ने बताउन थालेका छन् ।

Published : Thursday, 2025 May 29, 5:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया