सहकारी ठगका अभियुक्त रवि थुनिएकाे झाेंकमा गृहमन्त्रीमाथि प्रतिशाेध साध्ने रास्वपाको सपना तुहियो

काठमाडौं । गत वर्ष सहकारी प्रकरण बल्झिदा संसदीय छानविन समिति बन्यो । तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानविन अघि बढाउन प्रमुख राजनीतिक दलहरू सहमत भए । संसदीय छानविन समितिको प्रतिवेदनका आधारमा कानूनी प्रक्रिया अघि बढ्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने अहिले कारागारमा छन् ।
झण्डै साढे दश महिनाअघि गठन भएको वर्तमान सरकारमा गृहमन्त्री रमेश लेखक छन् । उनले हजारौै नागरिकको रकम हिनामिना, अवचलन भएको सहकारी विषयमा संसदीय छानविन समितिको प्रतिवेदनका आधारमा कानूनी प्रक्रिया अघि बढाउँदा रास्वपाका सभापति रविले अदालत चहार्दै आफ्नो संलग्ना नरहेको जिकिर गरिरहे ।
अदालतले उनलाई पुर्पपक्षका लागि कारागारको यात्रा तय गरिदियो । सर्वोच्च अदालतबाट पनि केही समयअघि उच्च अदालतको आदेश सदर गरिदिएपछि रास्वपा सभापति रविको कारागारको बसाई लम्बिनेस्थिती भयो । यही छट्पटाहटमा रहेको रास्वपाले गृहमन्त्री लेखकमाथि प्रतिशाेध साधेर आम नागरिकलाई भ्रमित पार्ने सपना बुन्यो ।
गृहमन्त्रीलाई भिजिट भिसा प्रकरणमा राजनीतिक पूर्वाग्रह साधेर लेखकको बदनाम गराउनेदेखि पदबाट राजीनामा गराउने खेलमा लाग्यो । सदनदेखि सामाजिक सञ्जालमा अपवाह फैलाएको केही समय नबित्दै रास्वपाले मन्त्री लेखकलाई बदनाम गराउने समातेको मुद्दा र लगाएको आरोप मिथ्या सावित भएपछि उसले लिन खोजेको नियोजित बदलाको षडयन्त्र चक्नाचुर भएको छ ।
भिजिट भिसा प्रकरण सुरु हुँदा नेपाली कांग्रेसकै केही नेता राजीनामाको पक्षमा बोल्दा र अर्को ठुलो प्रतिपक्षी दल माओवादी केन्द्रले पहिलो दिन संसदमा राजनीनामा विषय उठान गर्दा साथ पाउने आशाले हौसिएको रास्वपा अहिले सेलाउँदै गएको छ ।
प्रतिपक्षी दल माओवादी, एकीकृत समाजवादी लगायतका दलका नेताहरुले नै अख्तियार अनुसन्धान आयोगले गृहका एक कर्मचारीलाई छानविनको दायरामा ल्याएकै भरमा मन्त्रीमाथि राजीनामा माग्ने विषयको कुनै अर्थ नरहेको सार्वजनिक अभिव्यक्ती पनि रास्वपाका लागि महंगो सावित भयो ।
अख्तियारले छानविन सुरु नै नगरेको विषयमा दैनिक ५० लाख घुस संकलन भई गृह नेतृत्व सम्मै पुग्ने अवपाह फैलाउन सक्रिय रास्वपा अहिले आरालो लाग्ने स्थितीमा पुगेको छ ।
बुधबार गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्दै आफूमाथि कुन निकायमा छानविन भइरहेको छ ? म माथि कहाँ मुद्दा छ? लगायतका विषयमा उल्टै जिज्ञासा राखे । सदनदेखि सडकसम्म माहोल बिगारेर विगतको प्रतिशाेध साध्ने रास्वपाको भित्री चाहनालाई माओवादी लगायत प्रतिपक्षी अन्य दलको पनि दरिलो साथ पाएन । करण अख्तियारले अनुसन्धान गरिरहेको विषयमा मन्त्रीलाई संलग्नता गराइ दोषी करार गरिहाल्ने अवस्था अन्य दलले देखेनन् ।
सामाजिक सञ्जालको दुरुपयोग गरि पछिल्लो समय भिजिट भिसामा वैदेशिक रोजगारीमा गएका नागरिकहरुलाई उक्त प्रक्रियामा ठगिएको प्रमाण भए दिन सार्वजनिक आह्वानमा उत्रिएको रास्वपा आफै चिप्लिएको छ ।
भिजिट भिसामा रोजगारीका लागि मात्रै नभई राष्ट्र प्रमुखदेखि आम सर्वसाधारणहरु भ्रमण, विभिन्न कार्यक्रमको शिलसिलामा समेत मुलुक बाहिर जाने गर्छन । अहिलेको प्रकरणमा भिजिट भिसालाई मानव तस्करी जस्तो गम्भीर अपराधसित जोडेर अन्तरराष्ट्रिय स्तरमै मुलुकको छवि धमिल्याउन केही सञ्चार माध्यम पनि उद्त छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया