गिरिजाबाबु नेतृत्वको सरकारले संविधान सभाको निर्वाचन सम्पन्न गर्यो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन् ।
बिहीबार सभापति देउवाले शुभकामना सन्देश जारी गरेर भनेका छन्, ‘नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको स्थापना तथा पुनर्स्थापना, लोकतन्त्रको संरक्षण र सम्वर्द्धनका लागि नेपालको हरेक लोकतान्त्रिक आन्दोलनहरूमा सहभागी थुप्रै होनाहार सन्ततिले अमूल्य जीवन उत्सर्ग गरेका छन् ।’
‘तिनै ज्ञात–अज्ञात वीर शहीदहरूप्रति गणतन्त्र दिवसको यो अवसरमा उहाँहरूको गौरवपूर्ण योगदान, अदम्य साहस, समर्पण र वलिदानको स्मरण गर्दै उच्च सम्मान साथ हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।’
‘विक्रम संवत् २०६२÷०६३ को जनआन्दोलनको ऐतिहासिक सफलतापछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले संविधान सभाको निर्वाचन सम्पन्न ग¥यो,’ देउवाले भने ।
‘त्यसैको परिणामस्वरुप, विक्रम संवत् २०६५ सालको जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट राजतन्त्रको औपचारिक अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो,’ सभापति देउवाले भने ।
‘यो ऐतिहासिक दिनलाई हामी प्रत्येक वर्ष गणतन्त्र दिवसको रुपमा गौरवका साथ मनाउँदै आएका छौं,’ उनले भने ।
सभापति देउवाले भने, ‘संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकास मार्फत मात्र हामीले समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सक्नेछौं ।’
‘नेपाली जनताको बलिदानबाट प्राप्त यो ऐतिहासिक उपलब्धीको रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी हो,’ उनले भने, ‘समावेशी लोकतन्त्र, सामाजिक न्याय, समता र समृद्धिको मार्गमा अग्रसर हुँदै यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’
सभपाति देउवाले भने, ‘गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया