पूर्वमन्त्री पण्डितकी पत्नीको निधन

काठमाडौं । एमालेका नेता लालबाबु पण्डितलाई पत्नी शोक परेको छ ।

पूर्वमन्त्री समेत रहेका पण्डितकी विमला महतको बुधबार राति निधन भएको आफन्तले बताएका छन् । उपचारका क्रममा विमलाको निधन भएको पूर्वमन्त्री पण्डितले जानकारी दिएका छन् ।

विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको थियो । एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा उनीहरूबीच जनवादी विवाह भएको थियो । विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन् ।

Published : Thursday, 2025 May 29, 10:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया