बैंकिङ कसूर मुद्दाका फरार दुई जना काठमाडौंमा पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् ।

दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने दोलखाको भीमेश्वर नगरपालका–३ घर भएका ३५ वर्षीय बाबुराम खत्री र काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने उदयपुरको कटारी नगरपालिका–५ घर भएकी २५ वर्षीया दीपा ढुंगाना रहेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं जिल्ला अदालतबाट उक्त मुद्दामा जेठ ६ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका बाबुरामलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–७ सिफलबाट पक्राउ गरेको हो ।

सोही कार्यालयबाट खटिएको प्रहरीले जिल्ला अदालत भक्तपुरबाट उक्त मुद्दामा २०८१ माघ २८ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेकी दीपालाई काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट पक्राउ गरेको छ ।

पक्राउमध्ये बाबुरामलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशला र दीपालाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

Published : Wednesday, 2025 May 28, 2:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया