बुटवलमा सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेकी पत्नी र दुई छोरीहरूको हत्या

बुटवल । पूर्व श्रीमान सुजन कोइरालाले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन् ।
रूपन्देहीको बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षीया दुई छोरीहरूको हत्या भएको प्रहरीले जनाएको छ ।
दीपाले सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेकी थिइन् । दीपालाई उनका पूर्व श्रीमान् सुजन कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिएका छन् ।
उनीहरूलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।
मृतक दीपाका पूर्व पति सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हत्या गर्ने अभियुक्त आफ्नै दाजुको हत्या गरी जेलमा कैद भुक्तानपछि केही वर्षअघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया