संसद अवरोध गर्ने व्यवहार असंसदीय, अराजनीतिक प्रक्रियाको पुनरावृत्ति : महेश बर्तौला

काठमाडौं । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गरी असंसदीय र अराजनीतिक व्यवहार देखाएको बताएका छन् ।
मंगलबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै बर्तौलालले कर्मचारीहरूमाथि विगतमा पनि धेरै अध्ययन अनुसन्धान भएको बताए । उनले अनुसन्धानको दायरामा रहेका कर्मचारीको विषयलाई जोडेर मन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताए ।
प्रमुख सचेतक बर्तौलाले भने, ‘पटक–पटक सरकारमा बसिसकेको प्रमुख प्रतिपक्षी दलबाट एउटा कुनै कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिन वा अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीकै राजीनामा माग्ने र त्यसका लागि संसद अवरोध गर्ने जे खालको व्यवहार प्रदर्शन भयो यो असाध्यै असंसदीय, अराजनीतिक प्रक्रियाको संसदमा पुनरावृत्ति भयो । यो एकदमै दुःखद् कुरा छ ।’
‘कर्मचारीमाथि अनुसन्धान भइरहेको सन्दर्भमा मन्त्रीहरूलाई जवाफदेही बनाएर लैजाने प्रवृत्तिले हरेक एक दिनमा एक मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था निर्माण हुन्छ,’ बर्तौलाले भने ।
प्रतिपक्षीले कर्मचारीको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा मागेर धान काट्ने मुसा दोष पाउने भ्यागुताको प्रवृत्तिमा जान खोजेको बर्तौलाले बताएका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया