तत्कालीन गृहमन्त्री रविले कोषराज निरौलामार्फत विमानस्थलबाट मानव तस्करी गरेको अभियोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तत्कालीन समयमा गृहमन्त्री भएका बेला आफैले नियुक्त गरेका सहसचिव कोषराज निरौलामार्फत अध्यागमन विभागमा ठूलो गैरकानूनी भिजिट भिसा काण्ड सञ्चालन गरिएको कुरा बाहिर आएको छ ।
सभापति लामिछाने सहकारी ठगी र संगठित अपराधमा पुर्पक्षमा जिल्ला कारागार रुपन्देहीमा थनिएका छन् । लामिछाने गृहमन्त्री भएका बेला निरौलामार्फत विमानस्थल अध्यागमनबाट मानव तस्करी भएको आरोप लागेको छ ।
जसअन्तर्गत खाडी मुलुक जान चाहने नेपालीहरूसँग पुरुषका लागि २० हजार र महिलाका लागि ४० हजार रूपियाँ जबरजस्ती असुली गरिएको कुरा अहिले बाहिर आएको छ । तत्कालीन गृहमन्त्री लामिछानेकै निगरानीमा र मन्त्री र सचिवालय बुझाउनुपर्छ भन्दै कोषराज निरौलाले रेट बढाएको स्पष्ट प्रमाण रहेको यस काण्डलाई अझै जनताको नजरबाट लुकाइँदै आएको छ ।
जसले लामिछाने केवल सहकारी ठगीमै सीमित नभई राज्य संयन्त्रको दुरुपयोग गर्दै योजनाबद्ध रूपमा हजारौँ नागरिक ठग्ने संरचनाको नेतृत्वमा संलग्न भएको पुष्टि गर्छ ।
रास्वपाले मंगलबारको संसद बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । संसदको बैठक नै अबरोध गरेका छन् । आफ्नै सभापति लामिछाने गृहमन्त्री रहेका बेला रास्वपाले नै अध्यागमनमा सेटिङ गरेर मानव तस्करी गरेको आरोप छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया