मानव तस्करीको आरोप लागेकी रास्वपाकी सांसद एवं उपसभामुख राना र गृहमन्त्रीलाई छानविन गर्न प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री मुकुल ढकालले उपसभामुख ईन्दिरा राना मगर र गृहमन्त्री रमेश लेखक दुबैले राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् ।
मंगलबार रास्वपाका तत्कालीन महामन्त्री ढकालले उपसभामुख राना र गृहमन्त्री लेखकलाई मानव तस्करीको आरोप लागेकाले राजीनामा दिनुपर्ने बताएका हुन् । उनले राना र लेखकविरुद्ध उच्चस्तरीय छानविन समितिको माग पनि गरेका छन् ।
ढकालले भने, ‘मानव तस्करीको अरोप लागेका गृहमन्त्री रमेश लेखक र उपसभामुख ईन्दिरा राना मगर दुवैले राजीनामा दिएर उच्चस्तरीय छानविनका लागि सहयोग गर्नुपर्छ ।’
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभाको बैठक अबरोध गर्दै गृहमन्त्री लेखकको राजीनामा माग गरेका छन् । उनीहरूले लेखकलाई मानव तस्करीको आरोप लगाएका छन् ।
मानव तस्करीको अभियोग लागेकी रास्वपाकी समानुपातिक सांसद एवम् उपसभामुख रानालाई पनि राजीनामा गर्न लगाएर गृहमन्त्री लेखकसँगै छानविन गर्नुपर्ने तत्कालीन महामन्त्री ढकालको प्रस्ताव छ ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया