परराष्ट्रमन्त्री डा.राणा हङकङ प्रस्थान गर्ने

काठमाडौं । मन्त्रिपरिषदले परराष्ट्रमन्त्री डा.आरजु राणाको हङकङ भ्रमण स्वीकृत गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले परराष्ट्रमन्त्री डा.राणा हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय मध्यस्थता संगठनको स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी हुन जान लागेको बताए ।

परराष्ट्रमन्त्री डा.राणा जेठ १४ देखि १८ गतेसम्म हङकङमा आयोजना हुने कार्यक्रमका लागि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री डा.राणा पर्यवेक्षकको रूपमा उक्त समारोहमा सहभागी हुने कार्यक्रम छ ।

Published : Tuesday, 2025 May 27, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया