गृहमन्त्रीलाई माओवादी-रास्वपा-राप्रपाले बोल्न दिएनन्, प्रतिशोध देखाए, राजीनामा मागेर अबरोध

काठमाडौं । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रमेश लेखकलाई प्रतिनिधि सभाको बैठकमा बोल्न अबरोध गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा माओवादीका सांसद वर्षमान पुन र रास्वपाका सांसद शिशिर खनालले गृहमन्त्री लेखकको राजीनामा माग गरे । उनीहरूले अध्यागमन प्रकरणमा लेखकको राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए ।
त्यसपछि उनीहरू आ–आफ्नो ठाउँमा उभिएर संसद चल्न दिएनन् । रास्वपाका सांसद शिखिर खनालले सहकारी ठगका अभियुक्त रवि लामिछानेलाई पुर्पक्षमा थुनिएको भन्दै त्योसँग जोडेर गृहमन्त्री लेखकको राजीनामा माग गरेका थिए ।
गृहमन्त्री लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रकरणमा संसदलाई जानकारी गराउन सभामुख देवराज घिमिरेसँग समय माग गरेका थिए । रास्वपा र माओवादीले गृहमन्त्री लेखकलाई बोल्न समय नदिएपछि होहल्ला भएको छ ।
सभामुख घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई पनि बोल्न समय दिएका थिए । घिमिरेलाई पनि माओवादी र रास्वपाका सांसदले अराजक शैलीमा प्रस्तुत भएर बोल्न दिएनन् ।
माओवादी, रास्वपा र राप्रपाले संसद अबरोध गरेपछि सभामुख घिमिरेले आधा घण्टाका लागि संसदको बैठक स्थगित गरेका छन् । बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवा पनि उपस्थित रहेका थिए ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया