तेस्रो भनिएको आन्दोलन त जन आन्दोलन नभएर दास आन्दोलन वा राजा आन्दोलन पो रहेछ !
– किरण गिरी, काठमाडौं
तेस्रो भनिएको आन्दोलन त जन आन्दोलन नभएर दास आन्दोलन वा राजा आन्दोलन पो रहेछ !
जेष्ठ – १५ गतेदेखि गर्ने भनिएको आन्दोलन त दास आन्दोलन पो रहेछ त । आज मैले आन्दोलन आह्वान कर्ताको पृष्ठभूमि पढें । उनीहरूको लक्ष्य र उध्येश्य पढें उनीहरूको एजेन्डा पढें यो आन्दोलन सफल भयो भने – गणतन्त्र गएर, राजा आउने रहेछन् ।
नागरिक अधिकार र सर्बोच्चता समाप्त हुने रहेछ ।
नागरिक, नागरिक बाट प्रजा हुने रहेछ्न ।
प्रजा, प्रजाबाट रैती हुने रहेछ ।
रैती, रैतीबाट दास हुने रहेछन् ।
अनि दासले जिहजुरी गर्नुपर्ने रहेछ ।
हुकुम बक्सियोस् प्रभु, निगाह होस भन्नु पर्ने रहेछ ।
त्यसैले त बारम्बार लञ्च खुवाइएको रहेछ ।।
त्यसैले यो आन्दोलन जनता लागी होइन ।
राजाको लागि गरिएको आन्दोलन रहेछ ।
जनताको अधिकार खोस्न गरिएको रहेछ ।
नागरिकलाई दास बनाउने राजा ल्याउने आन्दोलन रहेछ ।।
त्यस कारण तेस्रो भनिएको आन्दोलन, जन आन्दोलन नभएर दास आन्दोलन वा राजा आन्दोलन पो रहेछ ।।
जय नेपाल ।
– किरण गिरी, निवर्तमान केन्द्रीय सदस्य, नेपाली कांग्रेस काठमाडौं, नेपाल ।
१३ जेष्ठ २०८२ काठमाडौं ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया