रविको सहकारी ठग र संगठित अपराध, गृहमन्त्री लेखकलाई देखाएर सरकारमाथि हमला

काठमाडौं । नेपाली कांग्रेसले बिना आधार गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नहुने जनाएको छ ।

सोमबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले लेखकले राजीनामा दिन नहुने निर्णय गरेको हो । प्रवक्ता डा.प्रकाशशरण महतले सामाजिक सञ्जाल र मिडियामा आएका अफवाहको भरमा राजीनामा नदिने बताए ।

उनले भने, ‘विपक्षीले संसद अवरुद्ध गर्नुपर्ने कुनै आधार छैन । न उहाँ (गृहमन्त्री रमेश लेखक) छानबिनको दायरामा हुनुहुन्छ । न उहाँलाई कसैले प्रत्यक्ष वा ठोस आरोपित गरेर आरोप दर्ता गरेको छ ।’

‘बिना आधार सामाजिक सञ्जालमा सुनियोजित रुपमा फैलाइएको अफवाहको आधारमा संसद अबरुद्ध गर्नुहुँदैन,’ डा.महतले भने, ‘रवि लामिछानेको केशमा आरोप आयो र दर्ता भएको, भएपछि संसदीय छानबिन समिति गठनको माग गरिएको हो । छानबिनले आधार देखिएपछि त्यो भएको हो ।’

प्रवक्ता डा.महतले अफवाहको शिकार आफ्नै साथी भएकाले पार्टीभित्र केही नेताले मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

डा.महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको बताए । त्यसमा संलग्न रहेकालाई कारवाही हुनुपर्ने उनले बताए ।

गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको तथा कुनै कमजोरी नगरेको ब्रिफिङ गरेका छन् ।

कांग्रेसले भिजिट भिसा प्रकरणबारे संसदभित्र र बाहिर आफ्नो कुरा स्पष्ट राख्न गृहमन्त्री लेखकलाई सुझाव दिएको प्रवक्ता डा.महतले बताए ।

सरकारभन्दा बाहिर रहेका दलहरू माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री लेखकको राजीनामा माग गरेका बेला कांग्रेसले गृहमन्त्री लेखक र रवि लामिछानेको विषय प्रकृति फरक रहेको जनाएको छ ।

माओवादी र रास्वपाले बबाल गरेर धमिलो पानीमा माछामार्न खोजेका छन् । सहकारी ठगी र संगठित अपराधमा पुर्पक्षमा थुनामा रहेका रवि लामिछानेको प्रतिशोध स्वरुप गृहमन्त्री लेखकको राजीनामा माग गरेर सरकारलाई अफ्ठ्यारो बनाउन खोजेका छन् । उनीहरूको रणनीति र योजना सरकारले राम्रोसँग बुझेको छ ।

Published : Monday, 2025 May 26, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया