म्यागीलाई वेश्या जस्तो व्यवहार

हैदराबाद । मिस वर्ल्ड प्रतियोगिता भारतको हैदराबादमा आयोजना हुन लागेको बेला विवादमा परेको छ ।
प्रतियोगिता गम्भीर विवादले घेरिएको छ । प्रतियोगिताको बीचमा बाहिरिएकी मिस इङ्ग्ल्यान्ड २०२५ की विजेता मिला म्यागीले कार्यक्रमविरुद्ध गम्भीर आरोप लगाएकी छिन् ।
उनले एक बेलायती पत्रिकासँग भनेकी छन्, ‘तिनीहरू (आयोजकहरू) ले मलाई वेश्याजस्तो महसुस गराए ।’
म्यागीको आरोपछि तेलंगाना सरकारले अनुसन्धानको आदेश दिएको छ ।
सरकारका तर्फबाट वरिष्ठ आईपीएस अधिकारी शिखा गोयल, आईपीएस रमा राजेश्वरी र साइबराबाद डीसीपी साईश्रीको नेतृत्वमा अनुसन्धान सुरु गरिएको छ ।
टोलीले मिस वल्र्ड प्रतियोगितामा कुनै अनुचित व्यवहार वा असुविधा भएको थियो कि थिएन र मिला म्यागीको आरोपमा कति सत्यता छ भनेर पत्ता लगाउने प्रयास गरिरहेको छ । प्रतियोगितामा अन्य सहभागीसँग पनि बयान लिने क्रम जारी छ ।
उनले भनेकी छन्, ‘म त्यहाँ परिवर्तनको उदाहरण बन्न गएको थिएँ, तर त्यहाँ गएपछि मलाई खेलौनाजस्तो व्यवहार गरिएको महसुस भयो। त्यहाँ बस्नु मेरो नैतिकताविरुद्ध थियो । आयोजकहरूको नजरमा हामी केवल मनोरञ्जनको माध्यम थियौँ । उनीहरूले मलाई वेश्याजस्तो महसुस गराए । हामीलाई धनी पुरुष प्रायोजकहरूका अगाडि घुमाइयो। यसपछि मैले सोचेँ– अब मैले निर्णय गर्नैपर्छ ।’
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया