नेताहरूले कार्यक्रम ल्याए पनि कार्यान्वयन गर्न जनताको सहभागिता अनिर्वाय : मन्त्री राणा

चन्द्रौटा । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले जनताको सहभागिता बिना कुनै पनि योजना सम्पन्न गर्न कठिनाइ हुने बताएका छन् ।
कपिलवस्तुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले जनप्रतिनिधि र नेताहरूले योजना ल्याए पनि कार्यान्वयन जनताले गर्ने बताए । उनले विकासका कार्यक्रममा स्थानीय जनतालाई जोड्नै पर्ने बताए ।
उनले भने, ‘विकासको कार्यक्रममा सहयोग गरेर हातेमालो गरेर अगाडि बढेर भोलिका दिनमा अरु खानेपानी योजनाहरू अन्य विकासका योजनाहरू पनि जनताको सहभागिता बिना कुनै पनि योजना सम्भव छैन ।’
‘नेताहरूले कार्यक्रम ल्याएता पनि त्यसलाई कार्यान्वयन गर्नको लागि जनताको सहभागिता अनिर्वाय छ,’ मन्त्री राणाले भने ।
‘जनताको सहभागिता बिना योजना पूरा हुँदैन भन्ने कुरामा कन्भिन्स गर्नुपर्छ । खानेपानी स्वच्छ कसरी खाने ? के गरेर खाने ? भन्ने कुरालाई पनि हामीले बुझाउन सकियो भने जनतासँग जोडिन हामीलाई सजिलो हुन्छ,’ उनले भने ।
मन्त्री राणाले भने, ‘खानेपानी स्वच्छ पानी खाने । तर, मेयर साबले भने जस्तै, वडाध्यक्षजीले भने जस्तै केही कुरा कस्तो हुन्छ भने एउटै शब्दलाई कुन किसिमले भन्ने हुन्छ ? वडाध्यक्षजीले अलिक कडा भन्नुभयो की ? भन्ने लाग्यो । तिमीहरूले खानेपानीको धारा जोडेनौ भने सेवा सुविधा काट्छु भन्नु भनेको मानवअधिकार विरुद्धमा छभन्ने लागेको छ ।’
‘जनताको सहभागिता कसरी गराउन सक्छौँ ? जनतासँग भोट माग्ने बेला जसरी कन्भिन्स गर्छौ त्यसैगरी धारा जोड्न बेला पनि कन्भिन्स गर्ने कोशिस गरियो भने जनताले नबुझ्ने भन्ने कुरा केही छैन । जनताले बुझ्नु हुन्छ । उहाँहरूले पक्कै पनि धारा जडान गर्नु हुन्छ,’ उनले भने ।
कार्यक्रममा नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सुरेन्द्र आचार्यसहितका नेताहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया