सीडीओ र एसपीसहितको टोलीद्वारा रामपुर प्रहरीको निरीक्षण

रामपुर । पाल्पाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुख (एसपी)ले इलाका प्रहरी कार्यालय, रामपुरको निरीक्षण गरेका छन् ।

सोमबार सीडीओ तोयनारायण सुबेदी र एसपी पवनकुमार भट्टराईसहितको टोलीले इलाका प्रहरी कार्यालय रामपुरको निरीक्षण भ्रमण गरेको हो । त्यस क्रममा रामपुर प्रहरीका प्रमुख (ईन्स्पेक्टर) रामबहादुर नेपालीले स्वागत गरेका थिए ।

निरीक्षणका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक वीरेन्द्रसिंह कार्की, सशस्त्र प्रहरी बल पाल्पाका डीएसपी श्यामसंगती महर्जन सहितको टोलीले निरीक्षण गरेको प्रहरी निरीक्षक नेपालीले बताए ।

इलाका प्रहरी कार्यालय रामपुरको शाखाहरू, हिरासत कक्ष, ब्यारेक समेतको निरीक्षण गरिएको छ । त्यस क्रममा प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिइएको छ ।

Published : Monday, 2025 May 26, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया