अध्यागमनका सहसचिव देखाएर गृहमन्त्री लेखकमाथि निरन्तर हमला, गिरोह नै सक्रिय

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन प्रमुख तीर्थराज भट्टराई लगायतको बयान सुरु नै भएको छैन् ।

विधिविज्ञान प्रयोगशालाको प्रतिवेदन नआएकाले उक्त विषय प्रवेश नपाउँदै गृह नेतृत्वमाथि नियोजित आक्रमणले आम नागरिकलाई भ्रमित पार्ने गिरोह सक्रिय छ ।

अध्यागमन प्रकरणलाई अनावश्यक उचालेर गृह मन्त्रालयको सफल नेतृत्व गरिरहेका गृहमन्त्री रमेश लेखकको राजनीति नै सिध्याउने नियतका साथ सामाजिक सञ्जालदेखि केही सञ्चारमाध्यम त्यो मिसनमा लागेका छन् ।

दैनिक ५० लाख गृह मन्त्रालय नेतृत्वसम्म पुग्ने गरेको भ्रम मात्रै भएको विषय फिक्का हुँदै आमनागरिक यथार्थ बाहिर नआउँदै राजनीतिक प्रतिशोधको भाव झल्किने थालेपछि गिरोहहरू अब सो प्रकरणमा आँकलनमा साँघुरिन थालेका छन् ।

गृहमन्त्रीसम्म रकम पुग्ने गरेको अपवाह फैलाउने गिरोहले घटनामा अनुसन्धानमा तानिएका सह–सचिव भट्टराईको बयान नै नभएको यथार्थ बाहिरिएपछि उनीहरूको योजना तुहिएको छ ।

लामो समयदेखि भिजिट भिसा प्रकरण मुलुककै समस्याका रुपमा रहेकोप्रति चिन्ता व्यक्त गरेका गृहमन्त्री लेखकले अध्यागमनको सुधार र सेवा प्रवाह चुस्त राख्न पहलगर्दै आएका थिए ।

अध्यागमनकै कार्यक्रममा मन्त्री लेखकले भनेका थिए– ‘अध्यागमन भनेको मुलुकको ऐना हो’ कर्मचारीहरूले सेवा दिँदा सभ्यता र विनम्रता पूर्वक ढंगले दिनुपर्छ । कहिलेकाही पर्यटक र अन्य सेवाग्राही कागजी प्रक्रिया नमिलेपछि रिसाउन सक्छन् तर यस्तोबला हाम्रो व्यवहार विनम्रता पूर्वक प्रस्तुत हुनुपर्छ । सेवाको भावनाले काम गर्नुपर्छ । कुनै पनि कर्मचारीले रिसाउने र सेवाग्राहीलाई गलत व्यवहार गर्न हुँदैन । यस्तो छुट कसैलाई पनि छैन ।’

गृहमन्त्री लेखकले त्यति मात्रै भनेन् उनले कार्यालयहरूमा हुने व्यवहारबाट जनताले सुःख पाए २० जनालाई राम्रो भन्ने तर एकजनाले पनि दुःख पाए त्यसले धेरैलाई नराम्रो प्रभाव पार्नसक्नेप्रति सचेत रहन समेत बेलाबखत आग्रह गर्दै आए । सुशासन र भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिने सालिन गृहमन्त्री लेखकले गृह प्रशासनमा गरेको दुरदर्शी सुधारकार्य र नीतिगत कानूनी सुधारलाई प्राथमिकताका साथ अघि बढाएका छन् । सोही अनुसार काम पनि भइरहेको छ ।

सत्तासमीकरणमा उनले खेलिरहेको भूमिका, पार्टीभित्र लिएको उचाइँलाई ध्वस्त पार्न राजनीतिज्ञदेखि गिरोह नै लागेको विषय सतहमा आइसकेको छ । गिरोहकै योजनामा छानविनको विषय प्रवेश नपाउँदै गृहमन्त्रीमाथि लेनदेनको गम्भीर मिथ्या आरोप लगाए । कारण, सत्तामा उथलपुथल आवोस र उनको सम्भावना बोकेको राजनीतिक भविष्य निमोठ्नु नै प्रमुख उद्देश्य देखिन्छ ।

Published : Monday, 2025 May 26, 10:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया