रवि सहकारी ठग र संठगित अपराधमा लामो समय पुर्पक्षमा गएपछि रास्वपामा भाँडभैलो, सुमनाको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध मुद्दामा धरौटीमा छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको दुई दिनपछि सुमना श्रेष्ठ सह–महामन्त्री पदबाट मुक्त भएकी छिन् ।
आइतबार काठमाडौंको बनस्थलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सुमनाको राजीनामा स्वीकृत गरेको हो । सुमनाले सह–महामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।
सुमनाले वैशाख ४ गते सह–महामन्त्री पदबाट राजीनामा बुझाएकी थिइन् । एक व्यक्ति दुई पदमा बस्न नहुने भन्दै सुमनाले राजीनामा दिएकी थिइन् ।
सुमना प्रतिनिधिसभा सांसद हुन् । सुमनाको राजीनामा र स्वीकृति प्रकरणले रास्वपाभित्र भाँडभैलो सुरु भएको छ ।
यसैबीच, रास्वपाले सभापति लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेश प्रक्रियागत रूपमा त्रुटि रहेको निष्कर्ष निकालेको छ । लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेशलाई कानुनीरूपमा स्वीकार गर्ने भन्दै प्रक्रियागत रूपमा भने त्रुटि रहेको निष्कर्ष निकालेको कार्यवाहक प्रवक्ता मनीष झाले बताए ।
झाले अध्यागमन विभागमा भएको भ्रष्टाचारले वर्तमान सत्ता गठबन्धनको औचित्य पुष्टि हुँदै गएको बताए । झाले आगामी संसद बैठकमा रास्वपा विभिन्न विषयमा सशक्तरूपमा प्रस्तुत हुने बताए । उनले मंगलबार बस्ने संसद बैठक सामान्य नहुने बताएका छन् ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया