गायिका सुनिताको ‘जाली रुमाल’ सार्वजनिक

काठमाडौं । गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक गरिएको छ ।
श्रीमान् विदेशिएपछि श्रीमतीको मनमा उब्जने पीडारुपी भावनाहरू गीतको शब्दमा समेटिएका छन् । गीतमा शब्द तथा संगीत निलमरोजु राईको छ । गीतको एरेन्ज मनोज थापाले गरेका हुन् ।
गीतको भिडियोमा उत्तम राई, अनुषा राई, अवि राई र सोवा तामाङको अभिनय छ । गीतको भिडियोले श्रीमान् रोजगारीको लागि घरबाट टाढा रहँदा श्रीमतीमा कस्तो पीडा हुन्छ भनेर देखाइएको छ ।
किरण राईले निर्देशन गरेको गीतको भिडियो योगेन्द्र पेवाङ राईले निर्माण गरेका हुन् । तुलशा लिम्बुको छायाँकन रहेको भिडियोमा सम्पादन सरोज खालिङ राईको रहेको छ ।
Published : Sunday, 2025 May 25, 6:33 pm
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया