गृहमन्त्रीबारे एमालेको धारणा सार्वजनिक, सोसल साइटबाट अभियोजन गर्ने हक कसैलाई छैन

काठमाडौं । एमालेले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकबारे आमसञ्चार र सोसल साइटबाट अनुसन्धान अभियोजन गर्ने हक कसैले नराख्ने जनाएको छ ।

आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महासचिव शंकर पोखरेलले विमानस्थल अध्यागमनबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको बताए ।

गृहमन्त्री लेखकको राजीनामा बारे पत्रकारहरूले सोधेको प्रश्नमा पोखरेलले प्रतिप्रश्न गर्दै भने, ‘आरोपको मात्रै विषयले सबैकुरा निर्धारण गर्दैन । के भएको छ भन्ने कुरा त सम्बन्धित निकायको ध्यान पुगेकै होला नि ? होइन र ?’

पोखरेलले सामाजिक सञ्जाल र मिडियामा आएका टिप्पणीकै आधारमा अनुसन्धान र अभियोजन नहुने बताए ।

उनले भने, ‘कुनै पनि विषयमा अनुसन्धान र अभियोजन गर्ने निकायहरू छन् । आमसञ्चार र सोसल साइटबाट अनुसन्धान अभियोजन गर्ने हक कसैले राख्दैनन् ।’

‘दलले सुशासनको पक्षमा पैरवी गर्छन् । अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्छन्,’ महासचिव पोखरेलले भने, ‘दोषी देखिए कारबाहीमा पर्छन् ।’

उनले भने, ‘राजनीतिक दलहरूले सुशासनका पक्षमा पैरवी गर्दछन् । अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्दछन् । दोषी देखिएहरूका कारबाहीमा पर्दछन् ।’

‘अहिले हामीले पार्टीकै विषयमा कुरा गरेका छौं । सरकारले गर्ने काम त सरकारले गरिहाल्छ,’ उनले भने, ‘त्यो विषयमा पार्टीले कुनै विशेष निर्देशन दिएको छैन ।’

Published : Sunday, 2025 May 25, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया