एआईजी आचार्य सेवानिवृत्त, हेडक्वाटरमा विदाइ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरी सेवाबाट सेवा निवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यलाई विदाइ गरेका छन् ।
आइतबार नक्सालस्थित प्रहरी हेडक्वाटरमा आयोजित कार्यक्रममा आईजीपी थापाले एआईजी आचार्यलाई विदाइ गरेका हुन् ।
थापाले सेवा निवृत्त भएका एआईजी आचार्यले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको बताए ।
आईजीपी थापाले सेवानिवृत्त भएका एआईजी आचार्यलाई मायाको चिनो प्रदान गरेका छन् ।
एआईजी आचार्यले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य व्यक्त गरेका थिए ।
एआईजी आचार्य विक्रम संवत् २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए ।
प्रहरी अतिरिक्त महानिरीक्षक आचार्य उमेर हदका कारण जेठ १० गतेबाट सेवा निवृत्त भएका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया