एआईजी आचार्य सेवानिवृत्त, हेडक्वाटरमा विदाइ
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरी सेवाबाट सेवा निवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यलाई विदाइ गरेका छन् ।
आइतबार नक्सालस्थित प्रहरी हेडक्वाटरमा आयोजित कार्यक्रममा आईजीपी थापाले एआईजी आचार्यलाई विदाइ गरेका हुन् ।
थापाले सेवा निवृत्त भएका एआईजी आचार्यले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको बताए ।
आईजीपी थापाले सेवानिवृत्त भएका एआईजी आचार्यलाई मायाको चिनो प्रदान गरेका छन् ।
एआईजी आचार्यले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य व्यक्त गरेका थिए ।
एआईजी आचार्य विक्रम संवत् २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए ।
प्रहरी अतिरिक्त महानिरीक्षक आचार्य उमेर हदका कारण जेठ १० गतेबाट सेवा निवृत्त भएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया