पोखरेलको घमण्डले एनआरएनए एनसीसी अस्ट्रेलिया फुटको संघारमा

काठमाडौं । एनआरएनए एनसीसी अस्ट्रेलिया फुटको संघारमा पुगेको छ ।
एनआरएनए एनसीसी अष्ट्रेलियाका वर्तमान अध्यक्ष अनिल पोख्रेलको एकलौटीका कारण एनआरएनए एनसीसी अस्ट्रेलिया फुटको संघारमा पुगेको एनआरएनएका सदस्यहरूले बताएका छन् ।
नेपाल सरकार परराष्ट्र मन्त्रालयले एनआरएनए आइसिसीका अध्यक्ष महेश श्रेष्ठ नेतृत्वलाई आधिकारिकता दिएको छ । एनआरएनए एनसीसी अष्ट्रेलियाका अध्यक्ष पोख्रेलले महेश श्रेष्ठको नेतृत्वलाई बेवास्ता गरेपछि एनआरएनए एनसीसी अस्ट्रेलिया दुई टुक्रा हुने सम्भावना भएको छ ।
पोख्रेलले आफ्नै वरिपरिका मान्छे र धुपौरेहरूलाई मात्रै जिम्मेवारी दिएर लैजानुका साथै एमआइएस प्रविधि प्रयोग गरेर मेम्बरसिप बनाउनको लागि दबाब दिने गरेका छन् । एमआइएस प्रबिधिलाई बद्री केसी समूहले गैरकानूनी रुपमा कब्जा गरेको छ ।
बद्री केसी समूहले एमआइएस कब्जा गरेकोले त्यसलाई मान्यता नदिने पक्षमा एनआरएनएका अध्यक्ष महेश श्रेष्ठ रहेका छन् ।
आइसिसीमा भएको विवादलाई बाहिर राखेर तटस्थ नबस्ने गरेकाले एनआरएनए एनसीसी अष्ट्रेलियामा ठूलो दरार आइरहेकोले जनसम्पर्क समिति अष्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष इथान शाक्यले जानकारी दिए ।
शाक्यका अनुसार नेपालको परराष्ट्र मन्त्रालयले महेश श्रेष्ठ नेतृत्वको टिमलाई आधिकारिक दिँदा समेत अष्ट्रेलिया एनआरएनएका अध्यक्ष पोख्रेलले नमानेकोले यसले केहि समयमै एनआरएनए एनसीसी अस्ट्रेलिया दुई फ्याक हुने शाक्यले बताएका छन् ।
पराष्ट्र मन्त्रालयले राजदूतावासलाई समेत पत्र लेखेर महेश श्रेष्ठको कार्यसमितिलाई मान्यता दिएको जनाएको छ ।
परराष्ट्र मन्त्रालयको पत्राचारविरुद्ध जानु गलत भएको भन्दै अष्ट्रेलियाका अध्यक्ष पोखरेल लगायतको समूहलाई कारबाही गर्नुपर्ने एनआएनएका वर्तमान अध्यक्ष महेश श्रेष्ठको समूहका ओसेनिया क्षेत्रीय संयोजक इर्सद अहमद र उपसंयोजक प्रतापशम्शेर रानाले बताए ।
उीनहरूले पोख्रेल पक्षको गतिविधिको आलोचना गरेका छन् । पोखरेलको गैरकानूनी व्यवहारमा तत्काल सुधार नभए अनुसन्धानात्मक कारबाहीको माग गरिने चेतावनी दिएका छन् ।
उनीहरूले महेश श्रेष्ठ नेतृत्वलाई आधिकारिक मान्यता दिन परराष्ट्र मन्त्रालयको स्पष्ट निर्देशनलाई बेवास्ता गर्नु गैरकानूनी भएको बताएका छन् ।
संस्था र समुदायलाई फुट्नबाट जोगाउन सबै पक्षलाई संयमित र संवैधानिक ढङ्गले अघि बढ्न उनीहरूले आह्वान गरेका छन् ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया